मङ्सिर ४,
बालबालिकामाथि हुने दुव्र्यवहारको अन्त्य गर्ने उद्देश्यले आजदेखि बाल दुव्र्यवहारविरुद्धको १९ दिने अभियान सुरु भएको छ ।
बाल दुव्र्यवहार रोकथामको विश्व दिवसका अवसरमा सुरु भएको यो अभियानअन्तर्गत बालबालिकामाथि हुने हिंसा र दुव्र्यवहार घटाउँदै उनीहरुका अधिकारलाई स्थापित गर्न विभिन्न कार्यक्रम सन्चालन गरिने राष्ट्रिय बाल संरक्षण सञ्जालले जनाएको छ ।
सञ्जालका अनुसार नेपालमा अझै पनि १८ लाख बालबालिका विभिन्न श्रम गर्न बाध्य छन् । तीमध्ये २१ प्रतिशत बालबालिका विद्यालय जाँदैनन् ।
त्यसैगरी यौनशोषण तथा यौन दुव्र्यवहारका घटनामध्ये ४९ प्रतिशत १८ वर्षमुनिका बालबालिका छन् । अन्तर्राष्ट्रिय बालअधिकार दिवसका अवसर पारेर अभियान सुरु गरिएको सञ्जालका अध्यक्ष विमला ज्ञवालीले जानकारी दिनुभयो ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै