तिहार आयो धेरै आँशु,नझार्नु है बहिनी
दिक्क मानेपनि हिम्मत,नहार्नु है बहिनी
टीका टाला लगाउन,दाजु आउला भन्दै
मखमली फूलको बोट,नसार्नु है बहिनी
रमाइ रमाइ पकाएका मिठाइ,पुरी,सेल
मसलाको पोको पनि, नपार्नु है बहिनी
झिलिमिली बत्तीसँगै,सजाउनु घर सबै
द्यौसी भैलो खेल्नेलाई,नटार्नु है बहिनी
नियतिले खेल खेल्दा,परदेश आइपुगेँ
टाढा भयो भनी माया, नमार्नु है बहिनी
कोमल प्रसाद भट्ट
पुरानो नैकाप ,काठमाडौँ
हाल :-न्युयोर्क,अमेरिका