केशव कार्की, ईजरायल :
नेपालीहरुको महान् चाड तिहारको अवसर पारेर इजरायलमा नेपाली चलचित्र ‘थ्री लभर्स’को प्रिमियरको साथै शो समेत गरिने भएको छ ।
गैर आवासीय संघ राष्ट्रिय परिषद् इजरायलले एनआरएन डे, विविध सांस्कृतिक
कार्यक्रमको साथमा थ्री लभर्सको प्रिमियर नोभेम्बर १६ तारिखका दिन हहगानामा
गर्न लागेको हो ।
त्यस्तै, नोबेम्बर १७ तारिखको दिन हाईफामा उक्त चलचित्रको शो गर्दैछ ।
बिभिन्न कारणबाट पीडित र असहाय बन्न पुगेको सिन्धुली र रोल्पाका
बालबालिकाको सहयोगार्थ सो चलचित्र प्रदर्शन गरिदैछ ।
थ्री लभर्सलाई सुरेश दर्पण पोखरेलले निर्देशन गरेका हुन् । सो चलचित्र
सस्पेन्स लभस्टोरी चलचित्र थ्री लभर्समा प्रियंका कार्की, निरज बराल, देबु
श्रेष्ठ, पूजा शर्मा, सुमन गैरे र धिरेन्द्र राज थापाको मुख्य अभिनय रहेको छ
। थ्री ब्रदर्श क्रियशन बेल्जियमको पहिलो प्रस्तुती रहेको सो फिल्मलाई
सागर पोखरेल, स्टोरी पोखरेल र प्रिन्स श्रेष्ठले निर्माण गरेका हुन् । बाबु
बोगटी र राजन इशानको संगीत, पुरूशोत्तम प्रधानको छायाँकन रहेको फिल्ममा
हिमाल केसीको द्वन्द निर्देशन रहेको छ भने करियोग्राफी कविराज गहतराज, शंकर
बिसी र पूनम राईको रहेको छ ।
अहिले सम्म हाफुल्ला, तिबेरिया, नाचारेत, किरात, स्मोना, नारिया दक्षिण
भेगका कामदारहरुलाई समेटेर कुनै पनि कार्यक्रम नगरिएको कामदारहरु गुनासो
रहेको हुँदा उनिहरुको अनुरोध स्विकार गर्दै हाइफा केन्द्र पर्ने गरी
नोभेम्बर १७ शनिवार हाइफामा ऐतिहासिक कार्यक्रम गरिने भएको हो ।
हिन्दुहरुको महान पर्व तिहारको शुभकामना आदान प्रदान सहित प्रदर्शन गर्न
लागिएको चल चित्र ‘थ्री लभर्स’ मा सहयोग स्वरुप ५० सेकल राखिएको छ ।
एन सि
सि ईजरायलले द्वन्दमा बाध्य भई फस्न पुगेका ति कलिला बाल बालिकाहरुको
मुहारमा खुशी प्रदान गर्न ईजरायलमा रहेका सम्रपूर्ण सघं सस्था समाज सेवी
बुद्धिजिवी लगायत इजरायलमा रहनु भएका सम्पूर्ण दाजु भाई दिदी बहिनीहरुमा
यहाँहरुको गरिमामय उपस्थितिको लागि एन आर एन ए इजरायल हार्दिक निमन्त्रणा
सहित अनुरोध गरेको छ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै