वसन्तमा प्रकृतिको मात रैछ मायाँ : By, Komal Bhatta



वसन्तमा प्रकृतिको मात रैछ मायाँ
लट्ठ्याउने मीठामीठा बात रैछ मायाँ

सिरीसिरी हावाचल्दा ग्रिष्मऋतु राम्रो
 छहारीमा हल्लिएको पात रैछ मायाँ

बर्षातमा उर्लिएर खोला नाला  बढ्दा
 मायालुले समाएको  हात रैछ मायाँ

शरदमा ढकमक्क फूलैफूल्को ताँती
   टह टह जुनेलिको रात  रैछ मायाँ

 हेमन्तको उजाडले   खिन्न हुँदा मन
सन्तोष र आनन्दको खात रैछ मायाँ

शिशिरको सिरेटोले काम्नथाल्दा मुटु
   युगौँ युग नछुट्टिने साथ  रैछ मायाँ

कोमल भट्ट,
पुरानो नैकाप ,काठमाडौँ
हाल :-रोचेस्टर,न्युयोर्क

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com