बालअधिकारलाई व्यवहारमा रुपान्तर गर्न प्रधानमन्त्रीको आग्रह

काठमाण्डौ मस्निर ५,

प्रधानमन्त्री डा बाबुराम भट्टराईले विभिन्न दस्तावेजमा उल्लेख भएका बालअधिकारसँग सम्बन्धित नीतिगत व्यवस्थालाई व्यवहारमा उतार्न राज्यका सबै निकायलाई निर्देशन दिनुभएको छ ।

नेपालमा बालअधिकार आन्दोलनको २५औँ वर्षका अवसरमा सिविन–नेपालले आज राजधानीमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले बालबालिकासम्बन्धी राष्ट्रिय नीति २०६९ मा उल्लेख भएका विषयलाई सबै मन्त्रालयले आ–आफ्नो कार्ययोजना भित्र राख्न निर्देशन दिनुभयो ।

सरकार बालबालिका विषयमा संवेदनशील भएको चर्चा गर्दै प्रधानमन्त्री डा भट्टराईले बालअधिकारको संरक्षण र सम्वद्र्धन गर्नका लागि यस क्षेत्रमा लामो समयदेखि लागेका सङ्घसंस्थाको अनुभव र क्रियाशीलताले सरकारलाई सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

सम्बन्धित सबैको सहयोगमा शिक्षा र स्वास्थ्यका क्षेत्रमा सुधारात्मक कार्य भइरहेको चर्चा गर्दै उहाँले प्राथमिक तहको कुल भर्ना दर ९५ दशमलव १ प्रतिशत रहनुले शिक्षामा बालबालिकाको पहुँच बढेको उदाहरण प्रस्तुत गर्नुभयो ।सरकारले बालबालिकासम्बन्धी १० वर्षीय कार्ययोजना परिमार्जन गरेको जानकारी दिँदै प्रधानमन्त्री डा भट्टराईले बालश्रम न्यूनीकरणसम्बन्धी गुरुयोजना परिमार्जनको क्रममा रहेको बताउनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगका सदस्य गौरी प्रधानले देशमा बालअधिकार स्थापित गर्न सिविनले नीतिगत एवम् व्यावहारिकरुपमा महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । कार्यक्रममा युनिसेफका सहायक प्रतिनिधि उल पार्कले बालबालिकाको क्षमता विकासका लागि राज्यले लगानी बढाउनुपर्नेमा जोड दिँदै शिक्षा र स्वाथ्यको क्षेत्रमा बालबालिकाको पहुँच वृद्धि गर्नुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

सिविनका अध्यक्ष माधव प्रधानले बालबालिकाको अधिकार स्थापित गराउँदै उनीहरुको क्षमता विकासमा राज्यले थप योगदान पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com