कुटेर श्रीमतीको हत्या
मङ्सिर ५,
गए राति एक युबकले कुटेर श्रीमतीको हत्या गरेका छन. सल्यान बाँफुखेला– ६ स्थायी घर भई खारा गाविस–२ झुल्नेटा बजारमा इलेक्ट्रोनिक पसल गर्दैआएका नरेन्द्र ओलीले सामान्य घरायसी विवादमा २८ वर्षीया श्रीमती गीताको हत्या गरेको स्थानीयवासीले बताएका छन् ।
नरेन्द्रको कुटपिटपछि गीताको मृत्यु भएको बताइएको छ । यसअघि पनि दिनहुँजसो श्रीमान्–श्रीमतीबीच झैंझगडा हुने गरेको स्थानीयवासी विपेन पुनले जानकारी दिनुभयो ।अभियुक्त नरेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।
“अनुसन्धान भइरहेकाले केही खुलेको छैन”, प्रहरी निरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निरञ्जन थापाले भन्नुभयो,— “अनुसन्धानपछि थप कुरा बाहिर आउला ।” गीताको शव परीक्षणका लागि जिल्ला अस्पताल सल्लेमा ल्याइएको छ ।