आश्वासनको अर्को पोको थमाएर गए
सोझा साझा नेपाली लाइ मनाएर गए||
झण्डा बोकी आए कोही गुञ्जाउदै नारा
सुतेका थे केटा केटी बिँयुझाएर गए||
पाए होला उन्ले पनी अलिकती चाट्न
सहमती गर्ने चिठ्ठी पठाएर गए||
समय नै कहाँ थियो हाम्रा ब्याथा सुन्ने
आफ्नै मात्र फुस्रा कुरा बताएर गए||
चियापान समारोह सित्तैमा थ्यो त्यहाँ
गलगिद्द खाए पछी लजाएर गए ||
जीतु खड्का गाउले
मोरङ उर्लाबारी