विश्वब्यापी गजल प्रतियोगिता

देश तथा परदेशमा रहेर नेपाली साहित्य सिर्जना र त्यसको प्रबर्धनमा जुट्नुभएका  तपाईं सम्पूर्ण साहित्यिक अनुरागीहरुको साहित्यिक सिर्जनाहरुलाई युगान्त बनाउने अभिप्रायलेwww.newsinnepali.com   द्वारा सन्चालन हुन लागेको विश्वाब्यापी गजल प्रतियोगितामा सहभागि भईदिनु हुन www.newsinnepali.com  सम्पूर्ण साहित्यिक मनहरुमा हार्दिक अनुरोध गर्दछ ।नेपाली साहित्य अन्तर्गतका हरेक बिधाहरु मध्ये गजल बिधा प्रतीको बढ्दो रुचीलाई मध्यनजर गर्दै यस बिधामा समर्पित साहित्यिक श्रष्टाहरुलाई गजल लेखनमा थप हौषला प्रदान गर्ने अभिप्रायले यस किसिमको प्रतियोगिता सन्चालन गरिन लागिएको हो । 

तपाईंहरुबाट प्राप्त भएका गजलहरु मध्ये उत्कृष्टताको आधारमा पहिलो, दोस्रो र तेस्रो स्थानमा पर्न सफल गजलहरुलाई क्रमस : १५,००० रुपैया, १०,०००  रुपैया  र ५,००० रुपैया नगद पुरस्कार स्वरुप प्रदान गरिने छ । यस किशिमको गजल प्रतियोगितालाई चरण बद्द रुपमा ६ चरण सम्म सन्चालन गरिने छ । प्रत्येक् चरणमा उत्कृष्टताका आधारमा क्रमिक रुपले  १० वटा गजलहरु लीइने छ । छैठौ चरण सम्म आईपुग्दा हामी सँग ६० वटा उत्कृष्ट गजलहरु हुनेछन । तिनै ६० वटा गजलहरुलाई समाबेश गर्दै  अन्तिममा एउटा गजल सङ्रह पुस्तक  प्रकासित्  गरिने छ ।


नेपाली साहित्यको जगेर्ना गर्ने साथै साहित्यिक श्रष्टाहरुलाई पुरस्क्रित गर्ने यो हाम्रो प्रयासलाई स्वैकार्दै  आफुले रचना गरेका गजलहरु हामीसम्म पुर्याई दिनुहुन फेरी पनि तपाईं समस्त साहित्यिक मनहरुमा हार्दिक अनुरोध गर्दछौ ।  

गजल पठाउदा पालना गर्नुपर्ने नितिनियमहरु यसप्रकार छन ।
१) गजल युनिकोडमा टाईप गरी पठाउनु पर्ने छ ।
2) गजल कम्तिमा पनि ५ शेरको हुनुपर्ने छ ।
३) आज भन्दा अघी कही कतै प्रकासित् भईसकेको गजल  हुनु हुँदैन।
४) जुनसुकै लय मात्रामा लेख्न सकिने छ ।
५) कही कतैबाट अन्य श्रष्टाहरुको गजल साभार गरिएको पाईेएमा यस् प्रतियोगितामा स्थान दीइने छैन ।
६  नियमसंगत रुपमा लेखिएका गजलहरुलाई प्राथमिकता दीइने छ ।
७) गजल पठाउदा गजलको साथमा एक प्रती फोटो पनि सँगै पठाउनु पर्ने छ ।
८) गजल प्राप्त भईसक्नु पर्ने मिती नाघेर आएका गजलहरुलाई अर्को चरणमा समाबेश गरिने छ ।  
 द्रिष्टब्य :- यस प्रतियोगिताको उत्कृष्टता जाच गर्नका लागि निर्णयकका रुपमा   हामी सँग दुई माध्यम हुनेछन ।
पहिलो निर्णायक - पहिलो निर्णायकका  रुपमा तपाईं सम्पूर्ण पाठकहरु पर्नु हुनेछ । तपाईंहरुले गर्नु भएका लाईक र प्रतिकृयाको आधारमा ५० प्रतिसत निर्णय हुनेछ । यसकालागी  www.newsinnepali.com लग अन गरी उक्त पेजको माथिलो भागमा रहेको  'बिश्वब्यापी गजल प्रतियोगिता' मा क्लिक गरी आफुलाई मन परेको गजललाई लाइक र प्रतिकृया दिन सक्नुहुनेछ ।
 दोस्रो निर्णायक- दोस्रो निर्णायकका रुपमा हामीले नेपाली साहित्य सँग सम्बन्धित ५ जना बिशेष श्रष्टाहरुलाई राख्ने छौ । उहाहरुले लाइक र प्रतिकृया बाट उत्कृष्टतामा परेका गजलहरुको स्तरियता र नियमसंगत छ या  छैनन जाँच  गरी अन्तिम रुप दिनुहुनेछ। यो निर्णय नै अन्तिम र मान्य निर्णय हुनेछ । 
गजल पठाउने ठेगाना:- 
(गजल पठाईसक्नु पर्ने अन्तिम मिती ३० नोभेम्बर २०१२ सम्म)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com