किन जान्छौ आन्दोलनमा ! By, Bikranta Pahadi



 रोएकिछिन नेपाल आमा ,
भोका -नांगा ,आधि जनता !

किन जान्छौ आन्दोलनमा ;
के पायेउ र तिम्ले भन त ?

जीन्दगीको बाजी थापी ,
गरिब जनता ,अघिबढे !!!

राम्रा घर बने सहरमा , ,
नेता चिल्ला गाडी चढे !!!

गास -बास ,कपास छैन,
कठैबरा दुखि जनता !!

किन जान्छौ ? आन्दोलनमा ...,
के पायेउ र तिमीले भन त ?

विक्रान्त पहाडी 
तनहु, नेपाल : हाल युएइ

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com