/// १//
ऊ एक तमासले सारा कुरा मनमा खेलाईराखेको छ बिगत र बर्तमानको घटनाहरु सलबलाएका हुन्छन / अस्पतालको सानो चमेना गृहमा युवती देखा पर्छिन नजिक नवयुवक तिनै युवतीको खोजि गर्दै यहा आएको छ / एक जना बिदेशीकोसाथ पाएर उ अमेरिका पुगेको थियो धर्म पुत्रको रुपमा आफ्नो कर्तब्य पनि गर्दै थियो .
आफ्नो जन्मभूमिको कथा आफ्नो कलेजका साथीले बताए पछि कताकता भाबुक बन्यो/ त्यो बाल्य जीवनको काहाली लाग्दो सम्झनाले ऊ ब्याकुल बन्यो उसले आफ्नो सारा कुरा आफ्नो साथीलाई सुनाउदै छ माइकलले बडो चाख मानेर सुनेको थियो / उसले माइकललाइ भन्दै हुन्छ
किशन सुनिताको नजिक पुग्छ र सोध्छ
´´सुनिता मलाइ चिन्यौ ? म किशन ?´´
´´को किशन ? मैले चिन्दिन नि सर ? भन्नुस न कसरी मलाइ चिन्नु भयो ?´´
´´सुनिता तिमीले भुल्यौ र? म सडकमा लडेको बेला तिमीले आफ्नो घरमा लगेको होइन ? ´´
त्यो हजुर नै हो त ? कति परिबर्तन हुनु भएको रहेछ ?
अस्पितलमा मेरी भाउज्यु बिरामी भएर आएकी /हजुर बाहिर बाट नेपाल आउनु भयो हेर्नुस न म भने बाहिर जाने हो कि भन्ने सोचमा छु इजरायलतिर धेरै साथीछन बोलाएका पनि छन ´´
´´को को हुनुहुन्छ घरमा ?तिमी नि ?कता छ बसाइ बाबु नानीहरु नि ?´´
´´मेरो बारेमा के सोध्नु हुन्छ किशन सर ? मेरो दुखी जीवनको कथा अर्कै छ ´´
´´भन्न मिल्दैन ? मिल्छ भने मेरो काहनी पनि भनि हाल्छु नि ?
हुन्छ हिड्नुस घर तिर जाउँ उतै कुराकानी गरौला हुन्न सर ?
माइकलले आफ्नो क्यामराले फोटो र भिडियो खिच्दैछ ऊ हर्षित छ नेपालको यो रमाइलो आफ्नोदेश पुगे पछि दौतरी साथीलाई देखाउनेछ सबै जना सुनिताको पछि पछि लागेर घर तिर हिड्छन /
««
सडक नजिक एक युवक जाड पिएर सडक आफ्नो कब्जा गर्दै तथानाम फलाक्दैछ / नजिक पुग्दै गर्दा सुनिताको खुट्टा लर्बरिन थाल्यो आफ्नो लोग्नेको वास्तविकताले उनलाई नराम्रो चोट पुरायो /««
घर पुगिन ,आफ्नो मान्छेको यो हालत देखेर बिछट्ट दुखी भएकी सुनिता आज उनको अनुहारमा केही राहतको आशा पलाएको छ /´´
साझपख सुनिताको लोग्ने घर फर्के उनको परिचय आफैले दिए नमस्ते गर्दै´´ नमस्ते हजुर ,हो म जड्याहा हुँ म सुनितालाई अन्याय गरेको छु हेर्नुस भोलिदेखि यो कुकुरको मुत कदापी खाने´छैन ´´´
´´हेर हेर यो मानिसको हालत? कस्तो बेशर्मी हालतमा ? यस्ताको श्री मति हुनुको बेदना कति सहनु ? मर्नु निको ,हे भगवान मलाइ लग प्रभु म बाँच्न चाहन्न ´´
सुनिता मलाइ जीवनदेखि उदेक र पिडा धेरै भयो म पिएको कारण थाहा छः ? मेरा आफन्ती कोहीपनि छैनन एउटा भाइ थियो त्यो पनि म मावली गएको बेला हराएछ बाबा दोहोरो भिडन्त हुदा बित्नु भएको भन्थें /आमा त सानो भाइ एक महिना नपुग्दै बित्नु भएको थियो सर्पले टोकेर, जीवनको चोट लागेर पिएको हुँ हिजो एकजना भाइले भनेको कुरा सुन्दा फेरी पिएँ /अब कहिल्यै प्युदिन ल मलाइ माफ गर सुनु ´´उनको आवाजमा आत्माग्लानी थियो /
दिलसागरको कुराले सुनितामा मायाको रंग बदलियो आफ्नो काहनी सुनाउनु र अर्काको पनि सुन्नु पर्छ मनमनै खुशीको अनुहार लिदै उनि भान्सा तिर लागिन
/
//२ //
´´मानिसहरु यसरी नै जीवन बिताउछंन र किशन बाबू ? हाम्रो जिन्दगीको यो कालखंड यसरी नै बित्ला र ? हेर्नुस म कति सहूँ ?अब के गर्दा ठीक होला ? जीवनको यस्तो हालत कति हेर्नु ?´´
´´हो नि सुनिता , हरेक मानिसको जिन्दगी बिभिन्न किसिमले बितेको हुन्छ हो समाय्ले परिबर्तन गर्छ संतान भये पछि जिम्मेवारी हुन्छ साराकुरा मिल्दै जान्छंन हेर मेरो जीवनको यथार्थ पनि ,म आफ्नो बस्ति छोडेको पनि १५ बर्ष भयो म अहिले बिदेशमा छु आफ्नो देशको हालत देखेर फर्केको हुँ´´
´´कुन देशमा हो नि ?´´
म अमेरिकामा छु यो साथिको साथ बसेको छु उसको अंकल मेरो धर्म पिता हुनुहुन्छ गतबर्ष बित्नु भयो आमा हुनुहुन्छ अर्को साल नेपाल लिएर आउनेछु
सुनिताको श्रीमानले किशनलाइ एक टक लगाएर हेरे आफ्नो बर्षौं अघि हराएको हुबहू रूप रंग बोली हिडाई कुनै फरक थिएंन .
के हजुरसंग परिचय लिन सक्छु ?
अबश्य पनि ल सुन्नुस दाइ
मलाइ मेरा साथीहरूले किशनले भन्छन अमेरिकामा क्रिश भनेर बोलाइन्छ / मेरो कथाको थालनी म कसरी सुरु गरुं ? सुनिता फेरी पनि तिमी पनि सुन / धेरै साथीहरुले पटक पटक मृत्यु बाट बचाएका छन /
सुनिता ,संगीता, गीता, पुष्प ,जनक ,ऋषि थुप्रै साथी मध्ये सुनिताले मेरो बारेमा धेरै चासो राख्छिन / उनीले मलाई सड़कमा भोकभोकै लडेको बेला
आफ्नो घर लागिन र आफ्नी आमालाइ भनेर मेरो भोको पेट भरियो / म उनको घरबाट निस्कदै गर्दा उनको दाइ रोशन देखा परे मेरो हालत देखेर दुखि हुदै भने–´´
हेरहेर किन यस्तो साझमा कता लागेको ? ´´´
मलाई केही असहज महसुश गरेको थिएँ त्यति बेला म जम्मा १३ बर्षको थिएँ /
हँ मेरो भाइ कृष्ण ? तिमी? त होइनौ ? के म झुक्कीएं? तिमीले गाएको ´´जुनेली रातको गित´´ अझै भुलेको छैन भाइ/´´
´´मेरो दाइ कस्तो दुनियामा पुगिएछ ?आज हामी जस्ता धेरै दाइभाइलाइ छुट्टयाउने हरु यहि समाजका मानिस नै हुन् / हो दाइ यदि यो समाजले हामीलाई पाले पोसेको भए हामीलाई यो समाज स्वर्ग हुने थियो र त आज त्यहि समाज नरक बनाउने काला अनुहार को बिगबिगी चलेको हो / हामीले सुधार गर्ने पर्छ ´´
´´सुनिता भाउज्यु ?म हजुरको आफ्नै देबरराजा ?
सुन्नुस दाइबाटै
हो ठिक हो सुनुमाया मेरो हराएको भाइ कृष्ण यहि हुन् तिमीले अनेकौं कुरा भन्दा म भन्न सकेको थिइन् / मामाकोछोराले सुनाएको भुल्यौ ? हो उही गीतकार हो जुनेलीरातको हिरो/ जब जुनेल्ली रात हुन्थ्यो म धेरै रक्सि प्यूनु को रहश्य यहि थियो जब जुनेली रात हुन्थ्यो म बेचैन हुन्थें र लिन्थें रक्सि अब किन लिनु पर्यो र?´´
केही रमाउदै भन्न खोजिन सुनिताले स्पष्टको लागि
हँ के भन्दै हुनुहुन्छ किशन सर ? म कसरी भाउज्यु ? ´´
मैले हराएको दाइ दिलसागरलाइ पाएको छु/अनि भाउज्यु सुनितालाई पनि, मेरो दाइको तितो यथार्थ थाहा पाएँ दुखि बन्न पुगें मेरो दाइको माया आज कति बर्ष पछी पाउदैछु/ आज दाइको मायाले डोराएरयहा सम्म पुरायो हे विधाता तिमी समाज रुष्ट भए पनि तिमी सत्य छौ र मिलनभयो रामको लक्ष्मन् भाइ हुदाको खुशी आज मिलेको छ .
उहा आफु जलेर पनि कसैको अहित गर्नु भएन होला / यो स्वार्थ समाजको कालो मैलो अबश्य निकाल्ने मेरो धोको छ यो समाजको लागिमैले केही गर्नेपर्छ / दाई र म भएर अर्को बर्ष यो समाजको निम्ति हामीले नया रूप दिनैपर्छ
दिलसागरको आँखा रसाएका थिए अचानक आफ्नो १३ बर्षको सानो भाइलाई छोड्दाको पीड़ा बेग्लै थियो / दुइभाईलाइ छुट्याउनेहरु यही स्वार्थी समाजका काला अनुहार थिए कोही नजिकका हुदाहून कोही सह्गोत्री पनि जेहोस आज खुशिले छाएकोछ झुपडी थिएं शान्ति र मिलनको मंदिर बनेको थियो .
देशमा बिकाश ,निर्माण शान्ति र सुब्यब्स्थाको कामना गर्दै भवबिभोर देखिन्छ किशन
रात कतिबेला बित्यो बिहानी पंक्षीहरु चिरबिर गर्दै थिए बाहिर एक जड्याहा दिलसागरलाइ तथानाम भन्दै थियो तुरुन्त किशनले त्यो मानिसलाई आफुसंग बोलाएर उसले पिए जति पिलाए उसले आफ्नो काहनी मात्र भनेंन यो समाजका हरेक मानिसका चरित्र ब्यबहार र समाज देखिएको हर्कत कुकार्य हत्या हिँसा दमन अन्त्याचार कुनै बाकीं थिएन साराकुरा एकेक सत्य तथ्य कुरासहित ओकेल्यो जुन कुरा रहश्यले भरिएको थियो
´´
म झल्याश भएँ कतै म पनि त दोषी थिइनँ ? किशन आफै देखि हच्यो
सुनिताको जीवनको यो खुशी कल्पना भन्दा माथिको सम्झेकी थिइन्
दिलसागरको मनभित्रको खुशी आजको जीवनमा भोगेकै थिएनन्
माइकलको क्यामाराले कुनै कुराको दृश्य छोडेको थिएन ऊ यति हर्षित थियो कि उसको जीवनको एक लौकिक मिलनको सुरुवात थियो.........समाप्त........
इन्द्रेणी शर्मा ´´जलद ´´का कथाहरु :