उदाउँदो सूर्यको अर्घ दिएसँगै छठ सम्पन्न

जनकपुर मङ्सिर ५,

छठ पर्वको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यलाई अर्घ दिइसंगै सकिएको छ । उदाउँदो सूर्यलाइ दोस्रो अर्घ दिएपछि आफन्त र इष्टमित्रलाई छठीमाइको पूजाको प्रसाद खुवाउने गरिन्छ ।

उदाउँदो सूर्यलाई अर्घ चढाउन आज बिहान तराईका जनकपुरलगायत क्षेत्रका विभिन्न जलाशय तथा नदीमा व्रतालुको ठूलो भीड लागेको थियो ।

 बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ चढाएका धेरै व्रतालुहरु रातभर जलाशयको आसपासमै जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अर्घ दिएका हुन् ।

सन्तान प्राप्ति र सुख समृद्धिको कामना होस् उद्देश्यले छठमा सूर्यको पूजा गर्ने चलन रहिआएको छ । चार दिनसम्म मनाउने छठको अन्तिम दिनलाई पारण भनिन्छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com