धनकुटामा वृद्धाश्रमका लागि अक्षयकोष प्रभावकारी बन्दै

धनकुटा मङ्सिर ३,

 धनकुटामा एक रुपैयाँबाट करोड बनाउने अभियानले सार्थक बन्दै गएको छ । जिल्लाको मुलघाटस्थित बृद्धाश्रममा रहेका वृद्धवृद्धाहरुलाई पालनपोषण गर्न अर्थ जुटाउन स्थापना गरिएको अक्षकोषको प्रभाबकारी बन्दै गएको हो ।

गत कात्तिकसम्ममा कोषमा ६२ लाख रुपैयाँ जम्मा भइसकेको छ । एक व्यक्तिबाट दैनिक एक रुपैयाँ संकलन गरी करोड पुर्याउने लक्ष्यका साथ तिन वर्ष अघिबाट यो अभियान थालिएको वृद्धाश्रम समितिका सदस्य पुस्कर जोशिले जानकारी दिनुभयो ।

यो अभियानमा सहयोग गर्नेको संख्या १३ सय जना नाघिसकेको छ । ३४ जना वृद्धवृद्धा रहेका आश्रममा प्रत्येक बर्ष १५ लाखको हाराहारिमा खर्च हुने गरेको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com