अवैधानिकरुपमा सञ्चालित विद्यालयहरु तत्काल बन्द गराउन शिक्षा मन्त्रीको निर्देशन

सिरहा मङ्सिर ३,

 शिक्षा मन्त्री दिनानाथ शर्माले कुनै बहानामा शैक्षिक संस्थामा आन्दोलन गरि तालाबन्दी गर्नेलाई सरकारले कारवाही गर्ने बताउदै सिरहाका विभिन्न ठाउमा अवैधानिक रुपमा सञ्चालित विधालयहरु त्त्काल बन्द गराउन जिल्ला शिक्षा कार्यालय सिरहालाई निर्देशन दिनुभएको छ ।

आज सिरहामा आयोजित जानकी विश्वनाथ स्मृती दिवसलाई सम्बोधन गर्ने क्रममा मन्त्री शर्माले शैक्षिक क्ष्ँोत्रमा हेलचेक्राई भएका कारण शैक्षिक अराजकता बढ्ेको बताउनुभयो । साथै उहाले सिरहामा धेरैको संख्यामा निराक्षर रहेको भन्दै सरकारले लागुगरेको साक्षरता अभियानमा संलग्न हुन सबैलाई आग्रह गर्नु भएको छ ।

उहाले सरकारी कर्मचारीहरुकै घरमा निरक्षर व्यक्ति भेटिएमा उक्त कर्मचारी लाई कारवाहि गर्ने चेतावनि समेत दिनु भएको छ । यसैबीच शिक्षामन्त्री शर्माले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताउनु भएको छ ।

उहाँले वर्तमान सरकार तत्कालै हट्ने कुनै सम्भावना नरहेको बताउनु भएको छ । शिक्षा मन्त्री दिनानाथ शर्मालाई सिरहाको थाना चोकमा नेवि संघ सिरहाका कार्याकर्ताहरुले कालो झण्डा देखाएका थिए ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com