म्याग्दी मङ्सिर ३,
समाजमा महिला हिँसा, अत्याचार, दमन र सोषणका घटनाहरु घट्नुपर्नेमा दिनदिनै बढ्दै जान थालेपछी नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल महिला संघले आजदेखी म्याग्दीमा महिला हिँसा विरुद्धको एक महिने घरदैलो अभियान सुरु गरेको छ ।
संघको केन्द्रीय कार्यक्रमअनुसार म्याग्दी जिल्लाका प्रत्येक घरमा पुगेर महिला हिँसा विरुद्धको अभियानको बारेमा सर्वसाधारणलाई जनचेतना जगाउने उद्देश्यले मंसिर महिनाभर संचालन हुने गरी अभियान शुरु गरिएको अनेमसंघ म्याग्दीका अध्यक्ष मुना बानीयाँले जानकारी दिनुभयो ।
महिला हिँसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा अनेमसंघले शनिवार देखी नै देशभर एकैसाथ एक महिने महिला हिँसा विरुद्धको अभियान सुभारम्भ गरेको अनेसंघका केन्द्रीय महासचिब थममायाँ थापाले जानकारी दिनुभयो ।
– – – ऋष्ल् – – –
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै