डोटी मस्निर ५,
डोटीको बोगटान क्षेत्रमा अवैध मधिरा बिक्री वितरण भईरहेको गुनासो आइरहेको
बेला चवरा चौतारा गाविसलाई आजदेखि मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ
।
चवरा चौतारा गाविसको चनुकाँडा स्थित प्रहरी चौकीमा आज बिहान बसेको
राजनैतिक दलका स्थानीय प्रतिनिधि, बुद्धिजिवी, शिक्षक, व्यापारी र स्थानीय
बासिन्दाहरुको संयूक्त भेलाले निर्णय गरेको हो । भेलाले राजनैतिक दलका
प्रतिनिधिहरुको संयोजनमा गाविस स्तरिय मुल मदिरा निषेधित समिति समेत चयन
गरेको छ ।
समितिको चयन संगै ९ वटै वडाहरुमा पनि वडा स्तरिय समिति चयन गरिने
प्रहरी चौकी चनुकाँडाका ईन्चार्ज केशव बहादुर चन्दले जानकारी दिनुभयो । भेलाबाट
मदिरा सेवन गर्नेलाई पहिलो पटकका लागि ५ हजार र बिक्री गर्नेलाई १० हजार
जरिवाना तोकेको छ ।
फेरि गल्ती दोहोरिएमा पहिलो जरिवानाको दोव्वर
जरिवाना गरिने र तेस्रो पटक पनि मदिरा विक्रिवितरण र सेवन गर्नेलाई मदिरा
ऐनअन्र्तगत कार्वाहीका लागी जिल्लामा पठाउने निर्णय गरिएको छ । चवरा चौतारा
प्रहरी चौकी अन्तरगतका गविसमा प्रहरी चौकी चनुकाडाले एक सूचना प्रकाशित गरि
मदिरा विक्रि वितरण नगर्न अनुरोध गरेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै