आमाको नाममा छोराछोरीद्वारा १ लाख ५० हजार बराबरको अक्षयकोषको स्थापना

लमजुङ मङ्सिर ४,

दक्षिणी लमजुङको रम्घा १ सिलिङ्गेडाँडाका रामनाथ गौतमका पत्नी स्वर्गिय मालतीदेवी गौतमको नाममा विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ ।

रम्घा ९ स्थित सिद्धिविनायक निम्न माविमा अध्ययन गर्ने विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्न अक्षयकोषको स्थापना गरिएको हो ।

गौतमका माईला छोरा अक्षयप्रसाद गौतम र छोरीहरु रमा बस्याल र प्रभा पण्डितले आज एक समारोहबीच विद्यालयका अध्यक्ष रामबहादुर भुजेललाई १ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com