श्रमिक बालबालिकाको परिवारलाई रकम वितरण

 सर्लाही मङ्सिर ४,

सर्लाहीको गौरिशङ्करमा १५ जना श्रमिक बालबालिकाको परिवारलाई रकम वितरण गरिएको छ ।

विश्व शिक्षाको सहयोगमा शान्तिको लागि जीविकोपार्जन परियोजना अन्तर्गत साझेदारी संस्था बाल संरक्षण संस्था लालबन्दीले रकम वितरण गरेको हो ।

गाविसका १५ घर श्रमिक वालवालिकाहरुको परिवारलाई जम्मा १ लाख २५ हजार रुपैया वितरण गरिएको कार्यक्रम संयोजक किशोर शर्माले जानकारी दिनुभयो । विश्व शिक्षाका कार्यक्रम संयोजक शंकर विमलीले खरीद समितीका पदाधिकारी तिर्थ नारायण चौधरी र अनिता चौधरीलाई रकम प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बाल संरक्षण संस्थाका अध्यक्ष राधा घिमिरे, नागरिक समाजका प्रतिनिधि, स्थानिय बासिन्दा लगायतको उपस्थिति रहेको थियो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com