भाइटिकापछी घर फर्कदै गरेकी बालिका माथि प्रहरीले गरे बलात्कार
दैलेख, मंसिर २ ,
प्रकाश अधिकारि ;- भाइटिका लगाएर सुर्खेतबाट घर फर्कंदै गरेकी जाजरकोटकी एक बालिकालाई प्रहरी जवानले जबरजस्ती बलात्कार गरेका छन् ।
जाजरकोट जिल्ला मजकोट गाविस-४ की १४ वर्षीया बालिकालाई दैलेखको बेस्तडा बजारस्थित बस्नेत होटलमा प्रहरी जवान सिंहबहादुर रावतले शुक्रवार राति बलात्कार गरेका हुन् ।
होटलमा बास बसेकी दमाई थरकी ती बालिकालाई जबरजस्ती करणीबाट बचाउन खोज्दा पीडितका बाबु र एक स्थानीयबासीलाई रावतले कुटेका थिए । जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियामा कार्यरत प्रहरी जवान रावत तिहार मनाएर कार्यक्षेत्रमा जाने क्रममा बेस्तडा आएका हुन् ।
रावत जाजरकोट जिल्लाकै मजकोट गाविस-६ निवासी हुन् । बालिकाको जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पीडितले शनिबार जिल्ला प्रहरी कार्यालयमा प्रहरी जवान सिंहविरुद्ध कडा कानुनी कारबाहीको माग गर्दै जाहेरी दिएकी छिन् । घटनालगत्तै स्थानीयबासीको नियन्त्रणमा रहेका रावतलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको छ ।इकान्तिपुर;