मङ्सिर ३,
नेपालगञ्जकी विष्णु गुरुङले तिहारमा घरमा बसेर दाजुभाइलाई टीका लगाउन पाइनन् । उनको तिहार नेपालगञ्जस्थित कारागारमा वित्यो ।
चारपटक जुवा ऐनको मुद्दा लागेकी विष्णुलार्य कात्तिक अन्तिम साता अदालतले एक महिनाका लागि कारागार चलान गरेकाले उनको तिहार विग्रेको हो । तास नभई नहुने विष्णुलाई गत वर्ष दुईवटा मुद्दा लागेको थियो । यस वर्ष पनि उनी दुई पटक प्रहरीको फन्दामा परिन ।
गत वर्ष धरौटीमा टछुटेकी विष्णु त्यही मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश कृष्णकमल अधिकारीले एक महिने सजाय सुनाएको वुझिएको छ । पछिल्लो पटक आठ दिन हिरासतमा राखेकाले अदालतको फैसलाअनुसार उनी २२ दिन कारागारमा बस्ने छिन् ।
विष्णु तिहारमा मात्रै भदौ २७ गते इन्द्रपुरको अरहरबारीमा ३३ हजारसहित पक्राउ पर्ने ६ जना जुवाडेमा उनी पनि थिइन । भदौमा छुट्ने वित्तिक्कै फेरि उनी न्युरोडमा पक्राउ परिन् ।
यस्तै विष्णुमात्रै होइन तास खेलेकै कारण नेपालगञ्जमा २० जनाले तिहारमा दिदी बहिनीको हातवाट टीका लगाउन पाएनन् ।
वडा प्रहरी कार्यालय, नेपालगञ्जले लग्दहवा र त्रिभुवनचोक आसपासवाट पक्राउ गरेको २० जनालाई हिरासतमा राखेकाले उनीहरुले पनि तिहारमा टीका लगाउन नपाएका हुन् ।
प्रहरीका कार्यलयका इन्चार्ज प्हरी निरीक्षक एनवहादुर मल्ले २९ गते ल्याएर उनीहरुलाई मंसिर १ गते आफन्तको जिम्मा लगाएकेा वताए । त्यस्तै खजुरामा पनि ६ जनालाई चार दिन राखेर छोडिएकेा छ. नेपालब्रिटेन;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै