६ अर्बभन्दा बढी व्यक्तिसँग मोबाइल

काठमाडौ, मंसिर ४ ,

विश्वका ६ अर्बभन्दा बढी व्यक्तिसँग मोबाइल फोन रहेको तथ्यांक सार्वजनिक भएको छ। विश्वमा जति जनसंख्या छ लगभग त्यत्तिकै संख्यामा मोबाइल प्रयोगकर्ता पनि रहेको कुरा संयुक्त राष्ट्रसंघीय टेलिकम संस्थाले जनाएको हो।

सञ्चारका कारण संसार अहिले यति साँघुरो भएको छ कि मोबाइल नहुने मानिसले कसरी आफ्नो दिनचर्या चलाउँलान भनेर अचम्म मान्नु पर्ने अवस्था छ। अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनका अनुसार त्यसमध्ये १ अर्ब मोबाइल त चिनियाँ नागरिकले नै प्रयोग गर्छन्।

१ सय ५५ देशमा गरिएको अध्ययनपछि यो तथ्यांक सार्वजनिक गरिएको हो। स्वीजरल्यान्डको जेनेभामा मुख्यालय रहेको अन्तर्राष्ट्रिय दूरसञ्चार युनियनले सन् २०११ को अन्त्यसम्ममा विश्वका दुई अर्ब व्यक्तिले इन्टरनेटको प्रयोग गरिरहेको पनि जनाएको छ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com