जिल्लाका विधवा महिला र बालबालिकाको पोषणका लागि पशुवस्तु निशुल्क बाँडियो

हुम्ला मङ्सिर ३,

 हुम्ला जिल्लाका २६ गाविसमा भएका एकल महिला र वालवालिकाहरुको स्वास्थय र पोषणमा सुधार गर्ने उद्देश्यले जिल्लाका ४ सय ४ विधुवा महिलालाई ४ सय ४ वटा पशुवस्तु निशुुल्क बाँडिएको छ ।

जिल्लाको बरगाउँबाहेक अरु सबै २६ गाविसमा रहेका एकल महिलाहरुलाई ती पशुवस्तु बाँडिएको सहयोग हिमालय नेपाल मुस्ताङले जनाएको छ ।

मुस्ताङ जिल्लाको लेते ६ मा स्थापना भएको संस्था र जिल्लास्थित हिमालय कञ्जरभेसन एण्ड डेभलप्मेन्ट एसोसिएसन नामक गैर सरकारी संस्थाको पहलमा पशुवस्तु निशुल्क वितरण गरिएको सहयोग हिमालयको कार्यक्रम संयोजक सतुप शेरचनले जानकारी दिनुभएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com