रबि मानाधर ;- पुरुषको एकाधिकार रहेको माहुते पेसामा गत वर्षदेखि ६ जना महिलाले हात हालेका छन्। उनीहरू सबै लोकसेवा उत्तीर्ण गरेर माहुते बनेका हुन्।
एक जनाले विवाहपछि जागिर छाडे पनि मीना चौधरी, मीना महतो, अनिता चौधरी, भुनु रानामगर र हिमानी थरुनी माहुते पेसामै छन्।
चितवन राष्ट्रिय निकुञ्जमा कार्यरत छन्, मीना महतो र मीना चौधरी। महतो काम सकेर घर फर्किन्छिन् भने चौधरी चार कोठे 'क्वार्टर'मा एक्लै बस्छिन्।
झिसमिसेमै नित्यकर्म सकेर क्वार्टरको भान्सा र दलान लिपपोतसँगै शृंगार गर्न भ्याउँछिन् उनले। उमाकली नामको हात्ती स्याहार्नुबाहेक हाकिमको भान्सा तयार गर्नु र पाहुनालाई चियाले सत्कार गर्नु उनको जिम्मेवारी हो।
आफू भने मेसमै खान्छिन्।
सुरुमा त भीमकाय हात्ती देख्नासाथ उनको मुटु थरथर काँप्थ्यो रे! अहिले नजिकको साथी नै त्यही हात्ती भएको छ। ६ दिदीबहिनीमध्येकी माइली मीनाले ६ महिने साक्षरता तालिम मात्र लिएकी छन्। आफूले नपढे पनि भाइबहिनीलाई भने पढाउने सोच बनाएकी छन्।
उनका दुई भाइ छन्।
सञ्चयकोष कट्टीपछि ८ हजार ७ सय रुपियाँ तलब बुझ्ने उनले प्रतिमहिना सात हजार रुपियाँ घर पठाउँछिन्। आफ्नो हात्तीको असाध्यै माया लाग्ने बताउने मीना विवाहबारे सोध्दा अलि लजाउँछिन्। भन्छिन्, "कुनै केटाले अहिलेसम्म माग्न आएको छैन। विवाह त गर्नैपर्ला नि!"नेपाल;
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै