गज़ल :By, Komal Bhatta



आफ्नो औकात जनाइहाल्यौ सबले चिने तिम्लाई
संसार भरी गनाइहाल्यौ सबले चिने तिम्लाई

देशको मुहार फेर्छु भन्दै सबलाई झुक्याएर
ठूलै महल बनाइहाल्यौ सबले चिने तिम्लाई

चिच्याइ चिच्याइ बाँडेका ती मीठा आश्वासन
खाडलमा खन्याइहाल्यौ सबले चिने तिम्लाई

   माखो मार्न नसक्दा नि इमान्दार र राम्रो
जबर्दस्ती भनाइहाल्यौ सबले चिने तिम्लाई

  भोक,रोग र अशिक्षाले पिल्सेकालाई बिर्सी
सधैँ उत्सव मनाइहाल्यौ सबले चिने तिम्लाई

कोमल भट्ट,काठमाडौँ 
हाल:न्युयोर्क,अमेरिका 


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com