२८औं एसियाली हुलाक टिकट प्रदर्शनीमा नेपाललाई चार पदक

काठमाडौं, मङ्सिर १३,

संयुक्त अरब इमिरेट्सको सारजाहमा आयोजित २८औं एसियाली हुलाक टिकट प्रदर्शनीमा नेपाललाई चार पदक प्राप्त भएको छ।

 यही मङ्सिर ५ देखि १० गतेसम्म आयोजित उक्त प्रदर्शनीमा काजी मधुसुदनराज राजभण्डारीको हुलाक टिकटमा राजा महेन्द्रसम्बन्धी पुस्तकले सिल्भर ब्रोन्ज पदक प्राप्त गरेको छ भने सन् १८७५ देखि १९५० सम्मको नेपाली फिलाटेली सङ्कलनका लागि श्यामप्रसाद न्हुच्छे प्रधानलाई सिल्भर पदक प्राप्त भएको छ।

यसैगरी दीपक मानन्धरको पोस्टल स्टेसनरी संकलनले सिल्भर र विनय मानन्धरको नेपाली हुलाक टिकटमा त्रुटिसम्बन्धी सङ्कलनले लार्ज सिल्भर पदक प्राप्त गरेको नेपाल फिलाटेलिक सोसाइटीबाट थाहा भएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com