काठमाण्डौ मङ्सिर १०,
थाइल्याण्डबाट हिजो लुम्बिनी आइ पुगेका २५० जना बौद्ध धर्मालम्बीको टोलीले आज बिहान पुजा तथा ध्यान गर्ने भएको छ ।
यस्तै दिउसो लुम्बिनीको गुरुयोजनाको अध्ययन तथा मायादेवी मन्दिरमा विभिन्न कार्यक्रमसमेत गर्ने लुम्बिनी विकास कोषले जनाएको छ ।
लुम्बिनीको बृहत गुरुयोजनालाई सहयोग गरिरहेको थाइल्याण्डको थाइ फाउन्डेसनको पहलमा यहाँको प्रचारप्रसार, विकास र लुम्बिनीमा पूजा गर्नका लागि ८६ जना थाई पत्रकार सहित बौद्ध धर्मावलम्बी हिजो लुुम्बिनी पुगेका हुन ।
मायादेवी मन्दिर क्षेत्रमा थाई फाउन्डेसनको सहयोगमा विभिन्न मर्मत तथा बाटोमा इँटा बिछ्याउने कार्य भइरहेको छ ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै