हत्या हिंसा महँगीलाई,छलाउन पाय हुन्थ्यो।।
भष्ट्रचारी सामन्तिलाई,जलाउन पाय हुन्थ्यो।।
अल्झन भयो बाटो हाम्रो,नयाँ बाटो रोजीअब,
देशद्रोही यो क्रान्तिलाई,ढलाउन पाय हुन्थ्यो।।
दिन दुःखी निमुखा मात्र,सधै याहाँ मर्ने भय,
शान्त बनाई देशलाई,चलाउन पाय हुन्थ्यो।।
भाई भाईको नाता गासी,सिमा मिच्न खोज्छन,
सबै मिली विदेशीलाई,हलाउन पाय हुन्थ्यो।।
कति गर्नु नोकरी यो,परदेशीको गुलामी भै,
आफ्नै देशमा हीरा मोती,फलाउन पाय हुन्थ्यो।।
आरके थापा
दोलखा-बोच