बर्षमा एक-दिन मात्र खुल्ने तलेजु मन्दिर भित With Video...

काठमाण्डौ , कार्तिक ७,

हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिरमा पूजाअर्चनाका लागि आज बिहानैदेखि भक्तजनको भीड लागिरहेको छ।

बडादसैँको नवौँ दिनमा मात्र सो मन्दिरमा सर्वसाधारणको दर्शनका लागि खुला गरिने प्रचलन रहेको छ। यसै उपलक्ष्यमा आज दसैँघर र कोतलगायत विभिन्न शक्तिपीठमा बलिसहित पूजाअर्चना तथा दुर्गा सप्तशती पाठ गर्ने गरिन्छ।

काठमाडौँ उपत्यकाभित्रका शक्तिपीठहरू दक्षिणकाली, गुह्येश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, इन्द्रायणी, रक्तकाली, नरदेवी, बज्रयोगिनी, सङ्कटा, बज्रबाराहीलगायतका मन्दिरमा पनि बलि चढाउने र पूजाआराधना गर्नेहरूको बिहान सबेरैदेखि घुइँचो लागिरहेको छ।

 साथै घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ। आजै दसैँघर र कोतलगायत मुलुकका विभिन्न देवीका मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको पञ्चबलिसहित विशेष पूजाअर्चना र सप्तशती पाठ गरिन्छ। रासस
 ..........Watch__Video......

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com