दशैं मनाउन प्रधानमन्त्री बृद्धाश्रममा (बृद्ध-बृद्धाहरु प्रशन्न)

काठमाडौं, कार्तिक ८ ।

प्रधानमन्त्री डा. बाबुराम भट्टराई पशुपति बृद्धाश्रमका बृद्ध-बृद्धाहरुसँग दशैं मनाउन आज पशुपति बृद्धाश्रम जानु भएकोछ । प्रधानमन्त्रीले त्यहाँ रहेका बृद्ध-बृद्धाहरुलाई लत्ताकपडा बितरण गर्नु भएकोछ ।

अघिल्लो बर्ष पनि प्रधानमन्त्रीले बृद्धाश्रम पुगेर यसैगरि दशैं मनाउनुभएको थियो । त्यसपछि प्रधानमन्त्री कोटेश्वर पुगेर पिता भोजप्रसाद भट्टराईको हातको टीका लगाउनु भएको छ ।

यसैवीच राष्ट्रपति रामबरण यादवले भने बडा दशैंका अबसरमा सर्वसाधारणलाई टीका लगाईदिँदै हुनुहुन्छ । पूर्वराजा ज्ञानेन्द्रले पनि अपरान्ह ३ बजेदेखि सर्वसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको बताइएको छ ।


Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com