२० अक्टुबर शनिबार , इजरायलमा - नेपाल आदिवासी जनजाती माहासंग इजरायल द्वारा आयोजना गरिएको नमस्ते इजरायल साझँ २०१२ इजरायलको तेल-अभिवमा भव्य रुपमा सम्पन्न भएको छ.
"दोलखा जिल्लाको भीमेश्वर नगरपालिका वाड न. १२ मा रहेका गौरीशंकर बाल गृहका अनाथ बालबालिकाहरुलाई सहयोगार्थ उक्त कार्यक्रममा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाउन सफल तक्मे बुढा (विल्सन बिक्रम राई) नेपाली तारा विनर (२००५) दिपक लिम्बु र प्रथम डिजे तेन्जिंग शेर्पाको बेजोड प्रस्तुतिले मंच निकै तात्तिएको थियो सुक्रबार साँझ ९ बजे देखि सुरु भएको कार्यक्रम बिहान ४ बजे सकियो तेल-अभिवको हहगना बेतबारबर हल १३५ : मा सम्पन्न उक्त कार्यक्रममा टिकेट भन्दा बढी दर्शक आएको कारण टिकेट नपुगे हातमै स्टाम्प लगाई हल भित्र प्रवेश गरिएको थियो . उक्त सांस्कृतिक कार्यक्रममा दिपक लिम्बुले आफ्नो दोयद गीतमा इजरायलबाट गायिका मिना बान्तवा साथ लिनु भएको थियो |
नमस्ते इजरायल साझँ २०१२ को शुरुवात प्रमुख अथिति महामहिम राजदुत प्रसाई , उपनियोग प्रमुख खनाल र ने.आ.ज. महासंगका अध्क्षय द्वारा सयुक्त्त रुपमा पानसमा बत्ति बालि , सुमधुर नेपाली रास्ट्रिय गाना बजाएर भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल आदिवासी जनजाती माहासंग इजरायलका अधक्ष्य श्री तेन्जिंग शेर्पाले गर्नु भयो . राजदुत श्री प्रल्हाद कुमार प्रसाई र जनजाती महा संघका तेन्जिंग सेर्पाले पनि छोटो मन्तब्य दिनु भएको थियो भने कार्यक्रमको संचालन ने.आ.ज.महासंग इजरायलकी उपाध्क्षय् सु-श्री नेहा गुरुङ"साई राम" र ने.आ.ज.महासंग इजरायलका महासचिव श्री सुन्दर सिंग लामा "तामाङले" गर्नु भएको थियो र स्वागत मन्तब्य ने.आ.ज.महासंग इजरायलका सचिव श्री तेज बहादुर श्रेष्ठले गर्नु भएको थियो |
कार्यक्रम नमस्ते इजरायल साझँ २०१२ मा स्थानीय कलाकार बाट पनि बिभिन्न नृत्य र गीत संगीतको पस्तुति रहेको उक्त कार्यक्रममा नेपाली राजदूतावास इजरायलका महामहिम राजदुत श्री प्रलाद कुमार प्रसाई,उपनियोग प्रमुख श्री रमेश प्रसाद खनाल लगाएत राजदूतावास परिवार, इजरायलमा अवस्थित विभिन्न संघ संगठन प्रतिनिधिहरु , मिडिया कर्मीहरु लगायत इजरायलमा कार्यरत नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भव्यरुपमा उपस्थिति रहेको थियो |
नमस्ते इजरायल साझ २०१२ मा हास्यकलाकार तक्मे बुडाले दर्शकहरुलाई पेटमिचीमिचि दर्शकहरुलाइ हसाउन भएका थिए भने चर्चित गायक दिपक लिम्बुको सुरिलो स्वरले दर्शकहरु आफ्नो स्थान छोडी नाच्न झुम्मिएका थिए र साथै मन जितेको थियो त्यसै गरी कुसल डिजे तेन्जिंगले आफ्नो कला प्रस्तुत गर्नुभएको थियो , उहाँको मन्त्र मुग्ध म्युजिक धुनले दर्शकहरु स्टेजमा उत्रिएर पसिनै सरि भै धेरै बेर डिस्को नाचेका थिए .
यस कार्यक्रम सफल पार्नका लागि हेर्नु आइदिनु हुने दर्शकहरु र यो कार्यक्रमलाइ सहयोग गरीदिनु हुने सम्पूर्ण महानु भावहरुलाई हृदय देखि आभार व्यक्त गर्दछौं : " नेपाल आदिवासी जनजाती महासंघ इजरायल "
.......Video By, Bipin Tamang....