Hot News किर्तिपुरमा माइक्रोबसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु Watch Video

काठमाण्डौ, कार्कित ०१,

किर्तिपुरमा माइक्रोबसको ठक्करबाट दुई पैदल यात्रीको मृत्यु(चाडपर्वमा दुखद् घटना ) काठमाडौंको कीर्तिपुर खसीबजारमा सडक दुर्घटनामा परी दुई जना पैदल यात्रुको ज्यान गएको छ ।

आज विहान माईक्रो बसले ठक्कर दिंदा घाईते भएका खसीबजारका ४५ बर्षीय मच्छिन्द्र महर्जन र ५० बर्षीय प्रकाश महर्जनको बल्खुस्थित स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा घाईते भएका स्थानीयबासी देबेन्द्र शाहीको सोही अस्पतालमा उपचार भईरहेको छ । माइक्रोबसलाई प्रहरी वृत्त कालिमाटीले नियन्त्रणमा लिएको छ । चालक फरार रहेकाले खोजीकार्य भईरहेको प्रहरीले जनाएको छ ।

 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com