बाल-बच्चासंग यात्रा गर्दा

बालबालिकाहरू कोमल हुन्छन् । त्यसैले घर, विद्यालय वा खेल्ने मैदान जहाँ भए पनि उनीहरूको विशेष हेरचाह गर्नुपर्छ । अझ बालबालिकासँग गाडीमा यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्छ । आफूले गाडी कुदाउँदा बालबालिकाको सुरक्षाप्रति आफै सतर्क हुनुपर्छ । अलिकति लापरबाही भयो भने आफ्नो मात्र नभएर छोराछोरीको जीवन पनि जोखिममा पर्नसक्छ ।

थाहा पाएर वा नपाएर गरिने सानो गल्तीले ठूलो दुर्घटना निम्त्याउँछ । त्यसैले बालबालिकासँग यात्रा गर्दा लापरबाही गर्नु हुँदैन । हिजोआज सडक दुर्घटना सामान्य भएको छ तथापि केही कुराको जानकारी राखे यात्रा सुरक्षित हुनसक्छ । विपरीत दिशाबाट तीव्र गतिमा आएका गाडीले ब्रेक लगाउँदा अगाडि बसेका हुन् वा पछाडि बसेका यात्रु ठोकिन्छन् । यस्तोमा यदि गाडीमा साना बालबालिका भए उनीहरूलाईर् गम्भीर चोट लाग्न सक्छ । सानो बालक अगाडिको सीटमा बसेको छ भने झ्यालको सिसा फुटेर ऊ बाहिर जाने सम्भावना पनि हुन्छ । यो समस्या पछाडि बसेका बालबालिकामा पनि त्यत्तिकै हुन्छ ।

 बि्रटेनमा १९६५ देखि अगाडिको सीटमा बस्ने यात्रीका लागि सीट बेल्ट बाँध्न अनिवार्य गरिएको छ । बि्रटेनका गाडीमा इनबिल्ट सीट बेल्ट हुनु अनिवार्य छ । एक अनुसन्धानअनुसार सीट बेल्ट बाँध्न अनिवार्य गरेपछि बि्रटेनमा बर्सेनि लगभग ५ सय जना मृत्युको मुखबाट बचेका छन् भने १ हजार ५ सय जना गम्भीर चोटबाट बचेको देखिएको छ । यसबाट सीट बेल्टले दुर्घटना हुँदा क्षति कम गर्न सघाउ पुर्‍याउँछ भन्ने कुरा प्रमाणित हुन्छ । हाम्रो देशमा सीट बेल्ट बाँध्न आवश्यक मानिँदैन । लगाइहाले पनि ट्राफिक नियमबाट बच्न मात्र लगाइन्छ, यसलाईर् त्यति गम्भीरताका साथ लिइँदैन तथापि यो जीवन रक्षाका लागि महत्वपूर्ण छ ।

सबै कारमा सीट बेल्ट हुन्छ र धेरैजसो देशमा अगाडि तथा पछाडि बसेका यात्रुले सीट बेल्ट बाँध्नुपर्ने कानुन छ । दुर्घटनाको पूर्वानुमान गर्न सकिँदैन । दुर्घटना कसरी, कहाँ तथा कस्तो प्रकारको हुन्छ भन्ने थाहा हुँदैन । द पार्लियामेन्ट्री एडभाइजरी कमेटी तथा ट्रान्सपोर्ट सेफ्टी अफ बि्रटेनले केही वर्ष पहिले गरेको एक अध्ययनमा २५ किलोमिटर प्रतिघन्टाको गतिमा चलेको कार दुर्घटनामा परे सीट बेल्टबिना बसेका बालबालिका कारको अगाडि बलपूर्वक ठोकिन्छन् । यो बलले गर्दा बालबालिका हुत्तिने बाहिर जाने सम्भावना पनि हुन्छ । त्यसैगरी पछाडिको सीटमा राम्रोसँग सीट बेल्ट बाँधेर बसेका मानिसले बालबालिकालाईर् राम्रोसँग समाते उनीहरू सुरक्षित हुन्छन् भन्ने धारणा छ तर यो अर्धसत्य मात्र हो ।

दुर्घटना भएपछि सीट बेल्ट बाँध्ोका कारण अन्य व्यक्तिले बालबालिकालाईर् सम्हाल्न सक्दैनन् साथै एक्सिडेन्ट भएपछि बालबालिका कति बेला उछिट्टएिर बाहिर जान्छन् भन्ने थाहा हुँदैन । गाडी ठोक्किएपछि बालबालिकाको वजन ३० गुणा बढी हुन्छ । त्यसैले उनीहरूलाईर् सम्हाल्न कठिन हुन्छ । यो अवस्थामा पछाडि बसेको बच्चा दाबिएर गम्भीर रूपमा घायल हुन्छ अथवा मृत्यु पनि हुन सक्छ । सावधानी आफू तथा आफूसँग काखमा बसेको शिशुलाईर् एउटै सीट बेल्टले बाँध्ने प्रयास गर्नु हुँदैन ।

दुर्घटना भएको अवस्थामा गाडीको ठक्करले बालक आफ्नै काखमा दबिन्छ । त्यसैगरी अगाडिको सीटमा बिनाबेल्ट बस्नु बालबालिकाका लागि अत्यधिक जोखिम हो । त्यसैले पछाडिको सीटमा बेल्ट बाँधेर बस्नु नै उपयुक्त हुन्छ । पछाडिको सीटमा बेल्ट छैन भने अगाडिको सीटमा बेल्ट बाँधेर राख्न सकिन्छ । अगाडिको सीटमा बालबालिकालाईर् कहिल्यै खुल्ला राख्नु हुँदैन । गाडीमा बसेपछि बालबालिका कारका पार्टपुर्जासँग खेल्न थाल्छन् । यसले गर्दा चालकको ध्यान त्यसतर्फ केन्दि्रत भएर दुर्घटना हुन सक्छ ।

 दुर्घटना हुँदा बालबालिकाको टाउको डेक्स बोर्डमा ठोक्किन सक्छ । यसले गर्दा तीव्र गतिमा भएको गाडीमा ब्रेक लगाउँदा बालबालिकाको शरीर असन्तुलित भएर ठोक्किन्छ । यसले पनि गम्भीर चोट लाग्न सक्छ । त्यसैगरी बालबालिकालाईर् गाडीमा उभिन तथा चल्न दिनु हुँदैन । गाडी पार्क गरेर एक-दुई मिनेट कतै गइँदै छ भने बालबालिकालाईर् गाडीमा छोड्नु हुँदैन । उनीहरू एक्लो भएपछि कारको क्लज, गियर, बे्रक आदि चलाउन थाल्छन् । गाडीको चाबी पाए भने स्टार्ट बटन पनि दबाउन सक्छन् ।

 हाम्रो देशमा कार चालकले सीट बेल्ट बाँध्नुलाईर् गम्भीरताका साथ लिइएको पाइँदैन । यसका साथै बालबालिकालाईर् अगाडि तथा पछाडि आफ्नो इच्छाअनुसार लापरबाहीसँग राखिएको पाइन्छ । त्यसैगरी बालबालिकाहरु बेल्ट बाँध्न पनि मन पराउँदैनन् । बालबालिकाले मात्र होइन ठूला मानिस पनि बेल्ट बाँध्न चाहँदैनन् । बालबालिकालाईर् सीट बेल्ट बाँध्न सिकाउनुपर्छ । उनीहरूका अगाडि आफूले पनि सीट बेल्ट बाँध्नुपर्छ । सीट बेल्ट बाँधे यात्रा केही सुरक्षित हुन्छ ।

 ध्यान दिनुपर्ने कुरा द्धसामान राख्ने ठाउँमा बालबालिकालाईर् राख्नु हुँदैन । द्धपछाडिको सीटमा सामान भए राम्रोसँग बाँध्नुपर्छ । दुर्घटना भैहाले पनि त्यहाँ राखिएको सामानले चोट लाग्ने सम्भावना हुन्छ । द्धकारमा चुरोट, लाईटर तथा सलाईर् आदि राख्नु हुँदैन । द्धकारका झ्यालढोका बन्द गर्न सेन्ट्रल लक सिस्टम प्रयोग गर्नु हुँदैन ।नारी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com