धन्य छौ इन्टरनेट ! By, Rama Bhandari

कार्तिक ९,

साउने झरी परोस या चर्को घाम लागेको दिन अनि सुनसान रात घरको यादमा नभक्कानिएको मन नरसाएका आँखा हामि नेपालीहरुमा कमैका होलान| 

यो बिरानो मुलुकमा आफनो सन्तान घर परिवारको माया अनि सम्झनामा आशु झार्दै दिन रात गुजार्न बाध्य कयौ हामि नेपालीहरु घर फर्किदा सबै बन्दबस्त मिल्ने गरि मनग्य पैसा कमाएर जाउ भन्दै छुट्टीमा समेत नबसी हप्ताको पुरै समय काम गरेर बसेका म जस्ता कयौ हामि नेपाली घरजाने दिनको पर्खाइमा क्षितिज तिर फर्किएर औला भाच्दै बसेका पराइ मुलुकमा दिन बिताउनुको दुखद यथार्थ लाइ कुनै बहानामा भुलेर हासोको अभिनय गर्न बाध्यछौ | 

कहाँ त्यति सजिलो हुदो रहिछ र यस्तो अभिनय गर्न लाई ? सधै जस्तो क्यालेन्डरले तिज , दशैँ अनि तिहार लगायत बिभिन्न चाडपर्वहरु पल्टाउदै जान्छ |यसरि चाडबाड कुनै खुसि र उमंग बिनै आउनु अनि पत्तै नपाइ सुटुक्कै जानु कस्तो दुखद नियति हो हाम्रो ? यस्तै यसतै कुराहरु मनमा तछाड मछाड गरेर एक पछी अर्को गर्दै मेरो मानस पटलमा दौडी रहेका थिए| नजिकिदै आएको बडा दशैँ अनि आफुले चाडबाडमा गर्ने तयारि हरेक खुसि अनि उमङ्ग, बजारमा किनमेल गर्न जानेको ताती अनि कयौ वर्षको अन्तरालमा जम्का भेट भएका साथिभाईहरु आहा कति रमाइला थिए ति दिनहरु बडा दशैँ मा टिका नलगाएको र मान्यजन बाट आशिर्वाद नथापेको पनि ४ साल बिते छ अब त यहिँ घर परिवारको सम्झनाले मलाइ रातमा निन्द्रा परेन बिहानी पखको मिठो निदरिमा रहिछु | 

मेरो मोबाइलमा घन्टी बज्छ करिब यहाको ५ बजे तिर म बिस्तरा मै छु| बैनीले कल गरेको रहिछ आमा बोल्ने रे टाइम्म भए ओनलाइनमा आउनु | मैले हतारिदै भने हुन्छ मा अब को ३ घण्टा पछी आउछु |मेरो मन साहै फुरुंग थियो यानेकि म कयौ बर्षमा आमा लाइ भेट्न माइत गैरहेकी छु | हुन त २ साल अघि मात्र म बिदामा गएकि थिए थोरै समयको लागि हाम्रो देसको बिभिन्न राजनीतिक परिस्थिति ,बन्द हड्ताल, चक्काजाम , अनि अनसन के के मैले बिदा भने जस्तो गरि मनाउनै पाइन् यानेकि आमा सँग बसेर एकदिन पनि भलाकुसारी गर्ने समय मिलाउन सकिन यसै ४५ दिनको बिदा सकेर आए | 

आज,२ बर्ष मा आमा लाइ हेर्ने अवसर मिलेकोछ मलाइ आहा कति धेरै खुशिछु म आजको यो मिर्मिरे बिहानी ले एउटा भिन्नै खुसि लिएर आएको झैँ भान हुन्छ म मा कहाँ यसरि सधै आउने मिर्मिरे ले यस्तो खुसि ल्याउन सक्छ र ? त्यो मिर्मिरे जुन दिन मलाइ आमा सँग भलाकुसारी गर्ने सुनौलो अवसर लिएर आएको छ त्यो म कदापी भुल्न सक्दिन | सबै काम हतार हतार गरेर म ईन्टरनेटनमा बसे आमा लाईलिएर बहिनि आएकि रहिछन |म रोजगारको सिलसिलामा ४ बर्ष अगिदेखी इस्राएलमा छु |आमा सँग भलाकुसारी गर्ने यो सुनौलो अवसर मिलाई दिने मेरी प्यारी बहिनि प्रति आभार प्रकट गर्दछु | आमा ले ६० औ बसन्त पार गरिसक्नु भएको छ उहा लाइ सुगर: प्रेशर अरु के के हो के के रोग ले गर्स्थ पारेको छ | 

उहा उपचारको सिलसिलामा काठमाडौं आउनुभएको हुनाले यो अवसर मिल्यो मलाइ हुनत फोनमा दिनहु जस्तो कुरा हुने गरथ्यो मेरो आमा संग तर पनि आज आमा लाई हेर्न पाउदा मन निकै हर्षित छ |खुसीको सिमानै छैन भने पनि हुनछ म त यस कथाको मुख्य पात्र मात्र हु तर यहाँ म जस्ता कयौ दाजुभाई अनि दिदीबहिनीहरु पनि हुनुहुनछ होला कयौ साल सम्म आफनो आमा अनि बाबाको मुख हेर्न त के बोलि पनि सुन्न नपाउनु भएको यस्तै असम्भब ठाउँ हरु छन् हाम्रो देसमा सम्भव भएको ठाउमा पनि हामि सँग समय भएको बेला उता नेट वोर्क नहुने अनि बिबिध समस्याको जड भित्र जकडिन बिबश हामि नेपालिहरु मेरो आमा सँग १:३० मिनेट जतिको कुराकानी भयो उहा मलाइ देखेर बोल्न सक्नु भएन खालि आफ्नु सारीको फेर ले आखामा बगेका साउनका भेल झैँ आशुहरु पुछ्न व्यस्त हुनुहुन्थ्यो| 

उहा बेला बेलामा यता उता हेरिरहनु हुन्थ्यो किन कि उहा लाई अरु कसैले पनि नदेखुन भनेर साईबरमा अरु पनि धेरै मानिसहरु आ -आफ्नै भलाकुसारीमा व्यस्त थिए| हामि नेपालीहरुको सबैभन्दा ठुलो महान चाड बडा दशैँ नजिकिँदै गएको ले होला आमा बसेको साईबरमा पनि मा निकै चहलपहल बढेको देख्दै थिए | त्यहाँ कोहि एक अर्का सँग माया पिर्तिका कुरा गर्थे त कोहि श्रीमान् श्रीमती बिच भलाकुसारीगर्थे कोहि कयौ बर्षमा छोरा छोरीलाई दिन नपाएको आफ्नो सबै माया एकै पटक पोख्दथे त कोहि नजिकिदै गरेको बडा दशैँका लागि खर्च कहा र कसरि जोहो गर्ने भनेर बिदेशमा कमाउन गएका आफ्ना मान्छे सँग सरसल्लाह गर्दथे | कोहि लुगाफाटाको कुरा गर्थे त कोहि गरगहनाको कोहि गिफ्टको कोहि मायाको त कोहि दशैँ मनाउन लाई पैसा जुटाउन नसकेको उफ्फ़ सबै आफ्नो आफ्नो संसारमा कुरा गरिरहेका थिए | यी सबैका भलाकुसारीहरु म मधुरो स्वोर मा सुनिरहेकी थिए || 

आमा सँगको यो भलाकुसारीमा मेरो पनि आखामा आँशु त कहाँ नआएको होर तर उहाको अगाडी म हासी हासी मेरो आँशु लाइ लुकाउने प्रयास निरन्तर गरिरहेको थिए|आमा कहिले आउछेस नानि भनि बारम्बार सोधिरहनु हुन्थ्यो मैले खोइ बिदा मिले अब आउने दशैमा आउछु कि भने आमाको त्यो भाषीएको बिरामी बोलि अनि निन्याउरो अनुहार मेरो आखा अगाडी निरन्तर आइरहेकोछ के नै पो गर्न सक्छु र यति टाडा सात समुन्द्रपारी बाट मैले गर्न त के मनको धोको पुग्ने गरि बोल्न्ने समय सम्म नमिल्ने यो परदेशमा उफ्फ अर्काको मानो खान कहाँ त्यति सजिलो हुदोरहिछ र ?अझ धेरै कुरा हरु गर्न मन त थियो नि तै पनि समयको अभाबमा डेड घण्टा मै बिट मार्न बाध्य छु म हजुरको पर्देसी छोरो माफ गर्नुहोला |आजभोलि उहाको साथमा बाबा मात्र हुनुहुन्छ घरमा उहाहरुको साहारा कोहि छैन | 

उखान छनी १२ छोरा १३ नाति बुडाको धोक्रो काध माथि भने झैँ उहाहरुका हामि ५ जना सन्तान छौ तैपनि कोहि उहाहरु सँग बस्ने अवसर मिलाउन सकिरहेको छैनऊ बिडम्बना लाग्छ सन्तान भएर पनि आमा बाबा लाइ देख भाल गर्ने समय मिलाउन नसकेको मा भनौ या देसको परिस्थितिले गर्दा आफ्नै बीबिध बाध्यताका कारणले बिदेसीएर उहाहरुको साथमा रहन नसकेकोमा उहाहरु ले हामि कसै लाई पनि ब्याचलर भन्दा कम्ति सम्म पाढाउनु भएकोछैन | हामि कोहि अशिक्षित छैनऊ यसमा गौरब गर्नु पर्छ |हामी लाई गाउमा फलानाको छोरा छोरी यस्तो पढे लेखेकछन भनेर सबैले भन्ने गर्छन |सायद यहिँ एउटा सानो बाटो हुनु पर्छ उहाहरुको मन बुझाउने | 

मेरो आमा सँग १ :३० घन्टाको कुराकानीमा आमाले मलाइ यहाको नीति नियम को बारेमा सोध्नुभयो मैले आमा लाई राम्ररी बुझाए यो मानवअधिकार र सामाजिक सुरक्षा कडा भएको देस हो |यहाँ आफ्नु इच्छा विरुद्ध कसैले छुन पनि पाउदैन | अधिकांश युरोपियन मुलुकहरु भन्दा पनि बडी सुबिधा सम्पन छ |आमा लाई मैले बुझाउदै अनि सम्झाउदै गए आमा यहाँ खाडी मुलुकमा जस्तो छैन कमाइ पनि राम्रो हुदैछ म बिदा मिलाएर एकचोटी आउनेछु |हालमा म मात्रै छु बिदेसमा रहेको सायद त्यसैले होला उहा लाई मेरो चिन्ताले सताईरहन्छ मेरो बारेमा के छ ? कस्तो छ भनेर म बिदा मिलाउने तरखरमा लागिरहेछु आमा आउदो दशैमा हजुरको छोरी आउने छु आफ्नो ख्याल राम्रो गर्नुहोला नमस्कार हजुरको स्वास्थ्य लाभको कामना भन्दै मेरो आमा सँग को सानो इन्टरनेटको भलाकुसारी यहि सम्माप्त हुन्छ | 

धन्य छौ इन्टरनेट संसारको जुनसुकै कुना बाट पनि एक अर्कोलाई बोल्न अनि देखन्मा सहयोगी साधन तिमि |उही पर्देसी छोरी झापाली रोमी हाल इस्राएल बाट हाम्रो देसमा शान्ति सुब्यबस्था होस् अनि हामि सबै नेपालीहरु लाई आफ्नै जन्म भुमिमा केहि गर्ने अवसर शृजन होस् यसरि विदेशमा बसेर आफ्नो परिवारको सम्झनामा आशु झार्न नपरोस जय महाकाली जय दुर्गे माता भगवान सँग यहि एक पार्थाना छ मेरो .


रमा भण्डारी :
झापा नेपाल (हाल इज़रायल)

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com