राष्ट्रपति ओबामालाई मनपराए विस्वाले

कार्तिक ९,

विश्वका जनताले अमेरिकी राष्ट्रपति बाराक ओबामालाई रिपब्लिकन पार्टीका प्रतिद्वन्द्वी मिट रोम्नीको तुलनामा अधिक रूपमा मनपराएको बीबीसी वर्ल्ड सर्भिसले गरेको अभिमत सर्वेक्षणमा देखिएको छ। 

यस अभिमत सर्वेक्षणमा ५० प्रतिशतले राष्ट्रपति ओबामालाई मन पराएको देखियो भने केबल नौ प्रतिशतले रोम्नीलाई मन पराएको देखियो। 

पाकिस्तानले मात्र रोम्नीले नोभेम्बरमा हुने निर्वाचनमा विजय हासिल गरे राम्रो हुने ठानेको उक्त सर्वेक्षणमा देखिएको छ। 

सर्वेक्षण २१ मुलुकमा गरिएको थियो। फ्रान्सेली जनताले राष्ट्रपति ओबामालाई सबैभन्दा बढी मन पराएको देखिएको छ। त्यहाँ ७२ प्रतिशतले ओबामालाई समर्थन गरेको देखियो। 

सर्वेक्षणमा २१ हजार ७९७ व्यक्तिले भाग लिएका थिए। उक्त सर्वेक्षण ग्लोबलस्क्यान/पिपाले जुलाई ३ देखि सेप्टेम्बर ३ सम्म गरेको थियो। रासस/एएफपी

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com