बढ्दो आकर्षण सेरामिकको

सुन्दर बगैंचा तथा त्यसमा भएका एसेसरिजले सबैलाई लोभ्याउँछन् । यसका लागि बजारमा विभिन्न खालका लाइट, वाटर फाउन्टेन, फर्निचर, गमला आदि उपलब्ध छन् ।

त्यसमा पनि सेरामिक प्रयोग गरी कोरियाली प्रविधिबाट बनेका गमला निकै आकर्षक छन् । विभिन्न रंगमा उपलब्ध यस्ता गमला स्वदेशी लगानीमा हेटौंडा औद्योगिक क्षेत्रस्थित उद्योगमा निर्माण गरी देश-विदेशमा बिक्री गरिन्छ । नेपालमा त्यसको बिक्री मड हाउसले गर्दै आएको छ ।

यसले गमलाबाहेक सेरामिकसम्बन्धी भान्साका सामान, सजावटका सामान तथा अन्य उच्च गुणस्तरका सेरामिकका भाँडाहरू पनि बिक्री गर्छ । गमला तयार पार्न आवश्यक कच्चापदार्थ छिमेकी मुलुक तथा अन्य तेस्रो मुलुकबाट आयात गरिन्छ ।

सेरामिकका सामानहरू आकर्षक, बलिया तथा घर सजावटका लागि उपयुक्त छन् । अत्याधुनिक मेसिनरी तथा हस्तकलाबाट उत्पादित गमला भान्साका सामानहरूमा विभिन्न रंग तथा साइजमा आएका हुनाले आफ्नो चाहनाअनुरूप कप, बास्केट, भास, गमला आदि सेपमा खरिद गर्न सकिन्छ ।

यसको न्यूनतम मूल्य १ सय रुपैंयाँ पर्छ । सेरामिकका सामानमा रंग जाने डर हुँदैन । यसलाई घरभित्र, बाहिर एवं बगैंचामा पनि राख्न सकिन्छ । यी गमला प्लेटका साथमा आउँछन् । सेरामिकका गमला हाल ५० भन्दा बढी साइज तथा आकारमा उपलब्ध छन् ।नारी 

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com