बिदेश By - Laxmi M.Gyawali



जहाँ गयो नाता भन्ने कामकै मात्र हुदोरैछ
 ज्यान दियर काम गरे राम्रो पात्र भैदोरैछ ।।

 पिडा संगै तनावको भारी बोक्नु पर्दोरैछ
 विना कसुर दोषहरु आफै भोग्नु पर्दोरैछ ।।

 बिना भरको जागिर पनि बिदेशमा नै हुदोरैछ
 खाइरहेको जागिर पनि पलभरिमै जादोरैछ ।।

 दया माया हृदयमा पाउन सार्हो पर्दोरैछ
 आत्मियता नगन्य छ बाच्न गार्हो हुदोरैछ ।।

 मानिसको भिडमा पनि आफु एक्लो भैदोरैछ
तड्पियर दिन गन्दै बर्षहरु बित्दोरैछ ।।

 आफन्तको साथ सम्झी मन सधै रुदोरैछ ।।
 मातृभुमी संझियर आशु झनै झर्दोरैछ ।। (

लक्ष्मी ज्ञवाली,इज़रायल

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com