कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव आज फेला भेटियो

सप्तरी, असोज २२,

नुहाउने क्रममा आइतबार बेलुका सप्तरीको देउरी भरुवा गाविसस्थित कोसी नहरमा डुबेर बेपता भएका दुई बालिकाको शव आज फेला परेको छ। नहरमा पानीको बहाव बढिरहेकाले आज बिहानदेखि मात्र प्रहरीले बालिकाहरुको खोजी कार्य सुरु गरेको थियो।

इलाका प्रहरी कार्यालय हनुमाननगरको टोलीले ती बालिका डुबेको स्थानदेखि करिब २५ मिटरको दूरीमा रहेको पुलको छेउ शव फेला पारेको हो।

जितिया पर्वमा नहरमा नुहाउन गएकी सप्तरीको बसबिटि्र गाविस-८ निवासी बुधन साहकी १० वर्षीया छोरी सङ्गीता साह र सोही ठाउँका सचिनान्द साहकी आठ वर्षीया छोरी मनिषाकुमारी साह बेपता भएकी थिइन्। 

फेला परेका दुवै बालिकाको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पताल पठाइएको छ। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com