असोज २२,
रत्ननगर (चितवन) :- सशस्त्र प्रहरी बल गढीमाई गण भण्डारा चितवनले आज मनहरी क्षेत्रमा पर्ने राप्ती खोलाको बगरबाट १८० किलो गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी नायब निरीक्षक नवीन देउजाको नेतृत्वमा गस्तीमा खटिएको टोलीले बिहान यसरी ठूलो परिमाणको गाँजा बरामद गरेको हो।
राति करिब २ बजे खोलाको बगरमा बोराभित्र राखिएको अवस्थामा १३ पोका गाँजा बरामद गरिएको सशस्त्र प्रहरी, गढीमाई गण भण्डारा चितवनका गणपति गणेश थापाले जानकारी दिए ।
सो क्षेत्रमा गाँजाको व्यापार गर्ने तस्करलाई खोजतलास गरिएको भए पनि पक्राउ गर्न भने नसकिएको गणले जनाएको छ।
सो स्थान चितवनको पहाडी क्षेत्र र मवानपुरका विभिन्न पहाडी गाविस पर्ने र गाँजाको बढी तस्करी हुने गरेको छ। यस क्षेत्रबाट प्रहरीले पटकपटक गाँजा बरामद गर्दै आएको छ। बरामद गरिएको गाँजा आजै मनहरि प्रहरीलाई जिम्मा लगाइएको थापाले जानकारी दिए ।
यसअघि हिजो मात्रै सशस्त्र प्रहरीले १५६ क्युफिट सालको चिरान काठ बरामद गरेको गणपति थापाले जानकारी दिए ।
विशेष सुराकीका आधारमा हेटौँडातर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना४ख ५९५५ नम्बरको मिनी ट्रकमा लुकाएर ल्याएको काठ बरामद गरिएको हो। पिप्ले क्षेत्रमा रोक्न खोज्दा भागे पनि सशस्त्र प्रहरीले पिछा गर्दै आउँदा भण्डाराको पम्फा खोला नजिकै गाडी नियन्त्रणमा लिइएको गढीमाई गण भण्डाराले जनाएको छ।
चालक र सहचालक भने गाडीबाट हामफालेर भागेको गणपति थापाले बताए । रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै