नेपाली जुवाडेको भीड-क्यासिनोमा

काठमान्डौ अस्विन १८,

जुवातास नियन्त्रण गरिने कार्यक्रमसहित चाडपर्व सुरक्षा योजना काठमाण्डौं प्रहरीले सार्वजनिक गरेको छ । तर, क्यासिनोमा नेपाली जुवाडेको भीड पनि बढेको छ ।

प्रहरीले क्यासिनोमा नेपाली प्रवेशमा नरम नीति लिएपछि राजधानीका सवैजसो क्यासिनोमा नेपालीको भीड बढेको छ । स्रोतका अनुसार राजधानीका आठवटै क्यासिनोमा नेपालीलाई पछिल्लो समय खुल्ला रुपमा प्रवेश दिइएको छ । क्यासिनोमा जुवा खेलेर सयौं नेपाली घरबारविहीन भइसकेका छन् ।

प्रहरीले छापा हान्न छाडेपछि क्यासिनो सञ्चालकले पहिलेजस्तै नेपालीहरुलाई प्रवेश खुल्ला गरेका हुन् । क्यासिनोमा नेपालीको प्रवेशसँगै गत महिनायता व्यापार पनि बढेको स्रोतको दाबी छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com