इज़रायलमा कार्यरत पुस्तक-प्रेमी सम्पूर्ण आदरणीय दाजु भाइ दिदी बहिनि तथा अनन्य मित्रजनमा सानो जानकारी पुस्तक पढौं अमुल्य समयको सदुपयोग गरौँ , भन्छन पुस्तक ज्ञानको भण्डार हो......!
हामीले निम्न पुस्तकहरु नेपाल बाट झिकौन्दै छौं तसर्थ यहाँले आफुले पढ्न चाहेको पुस्तक प्रति सुरक्षित गर्नु होला , कृपया मुनिको कमेन्ट बक्स मा लेख्नुनु हुन् अनुरोध छ , यस पुस्तक को मूल्य २०-$ राखिएको छ , इ-पुस्तकहरु बिक्रि गरेको पैसा पुस्तकको मूल्य र ल्याउँदा लागेको खर्च कटाई पर्वतका जन्मजात अपांग आशासोनी लाइ र एड्स को कारण आमा बाबु गुमाएका र उनीहरु पनि एड्स बाट पीडीत छन ती पढ्न चाहने बच्चाहरुको सहयोगार्थमा जानेछ.
तसर्थ, हामी अमुल्य पुस्तक अध्यन गर्न नि पाइने र ती पढ्ने चाहने बच्चाहरुलाई सहयोग नि गर्न सकिने छ : यसलाई एउटा राम्रो अबसरको रुपमा हामीले लिएका छौं र साथै हाम्रो अनुरोध छ यहाँ हरुले पनि यस सुवर्ण अवसर नगुमाउनु होला :
१) खाना पुगोस दिन पुगोस = रबिन्द्र मिश्र
२) सकस = जगदीश घिमिरे
३) मोज = कर्ण शाक्य !
[ पुस्तक मागेर होइन किनेर पढ्ने बानि बसालौं - धन्यवाद ]
सम्पर्क :
नबराज आचार्य , सम्पर्क - ०५२-७३३८९९५
दीप किरण , सम्पर्क - ०५४-७३९१६३२
यासिन राइ , सम्पर्क - ०५४-३५५८८२४
जगन कार्की , सम्पर्क - ०५४-९८२५३११
श्याम सुबेदी , सम्पर्क - ०५४-२२६५४२८
सन्तोष सिवाकोटी , सम्पर्क - ०५०-३११०६८९
;;;;)) .............WATCH ...VIDEO........
;;)) Article 0f Aashaa Soni.........
आशाको दियो निभ्न नदिउ !!
हाम्रो यो विशुद्ध अभियानलाई यहाँहरुको साथ् र सहयोगको अपेक्ष गर्दछौं..........
गएको असार महिनाको ११-गत्ते कान्तिपुर दैनिक पत्रिका मार्फत पर्वतकी २०-बर्षीय आशा सोनीको समाचार छापियो जसले धेरैको मन छोयो . सर्व-प्रथम ललितपुर उपमहानगरपालिका वडा नं.१४ तिखेदेवलस्थित विमला र मञ्जुलकुमार याक्थुम्बा लिम्बू दम्पत्तिलाइ, उनीहरुले यस समाचार देख्न साथ कान्तिपुर पब्लिकेसनमा सम्पर्क गरी दस हजार आर्थिक सहयोग गरे . त्यो समाचार १४-गत्ते इकान्तिपुर ले पब्लिश गरेको हामी सबैले पढ्यौ , हेरयौ - त्यो देखेर हामीलाई पनि आशा सोनीलाई सहयोग गर्ने इक्ष्य जाग्यो तर कसरि त ?
हामी सँग ठेगाना/ पत्ता केहि थिएन !! भन्छन नि जहाँ समस्य त्यहाँ उपाय : त्यस पछी हामीले हाम्रो सहयोगी पत्रकार मित्र गोपाल सिवा लाइ इमेल मार्फत सम्पर्क गरि आशा सोनी को बारे सहि ठेगाना र फोन न: उपलब्ध गराई दिन बिनम्र आग्रह गर्यौ !! त्यसको केहि समय मै मित्र गोपाल सिवा ले हामीलाइ ती बहिनी को ठेगाना, उनि पड़ने बिध्यालयको हेड़-मास्टर को फोन न: र उनको नाममा भर्खरै खोलिएको खाता न: पनि हामीलाई उपलब्ध गराउनु भयो तसर्थ हामीले एउटा '' आशाको दियो निभ्न नदिउ" भन्ने सहयोग अभियान सुरु गर्ने निर्णय गरेउ , आदरणीय, सम्पूर्ण दाजु, भाइ तथा दिदी-बहिनीहरु मा हाम्रो अनुरोध छ आफ्नो सोयिच्छाले भित्रै हृदये देखि सकेको सहयोग गरौं !! ती फुल्न/ फक्रिन लागेको कोपिला लाइ ओइलिन नदिउ !! (मित्र, गोपाल-सिवा मार्फत हामीले कान्तिपुरका सम्वाददाता-बिमल कतिवाडा सँग पनि कुरा गरिसकेका छौं उहाँले पनि यस्ता खाले कुनै पनि सहयोग गर्न पूर्ण साथ दिने प्रतिबद्धता जनाउनु भएको छ .
नाम :- आशा सोनी
बर्ष :- बीस (२०)
ठाउँ :- पर्बत कुश्मा
बिद्यालय :- सिला नि.मा.वि
कक्षा :- ६
हेड़मास्टर :- हेमलाल न्येउपाने
फोन :- 9847709921
एभरेस्ट बैंक कुश्मा साखा
पर्बत सालिगग्राम गा बि स
खाता न ०३०००५१८२००१८६
यो खाता न: कान्तिपुरका सम्वाददाता बिमल खतिवडा मार्फत मित्र गोपाल सिवाले हामीलाई उपलब्ध गराउनु भएको हो :
जन्मजात दाहिने खुट्टा अपाङ्ग आशा सोनीको 'आमा मानसिक रोगी छन , बाबुले अर्कै बिहे गरेको र अहिले उनि माइलो बुवाको साथमा बस्दै आएका छन र बैशाखिको साहारामा पुस्तक को कुम्लो बोकी उनि हरेक दिन बिधयालय धाउँछिन : उनि कुनै प्रकारको रोगि, पीडित भएर पैसा उठाउन लागेका होइनौं ,.
बस आशा सोनी पडन चाहन्छिन तर उनको आर्थिक अबस्था नाजुक त छदै छ त्यसमा बाबुले दोस्रो बिहे गरि उनीहरु लाइ बेवास्ता गर्दै आएको छ र आमा मानसिक रोग बाट आफै पीडित छिन यस्तो कहाली लाग्दो स्थितिमा पनि उनि पडन चाहन्छिन , केहि गर्न चाहन्छिन उन्को त्यो बिशेस पड़ने इक्ष्य लाइ मध्यनजर राखी हामीले यो अभियान सुरु गरेका छौं र नेपालमा पनि उनको लागि पैसा उठी रहेको कुरा कान्तिपुरका संबाददाता बिमल खतिवाडाले हामीलाई अबगत गराउनु भएको छ र त्यहि उठेकै सहयोग बाट उनको नाम मा एभरेस्ट बेंक मा खाता खोलिएको हो !!
उनको त्यो पड़ने सपनालाई साकार पार्न हामी पनि सहयोग गरौँ , भोलि उनि केहि गरि देशलाई टेवा, सेवा दिन/ गर्न सक्लिन त्यो गर्न नसके पनि उनि कम-से-कम राम्रो पडन पाउँछिन र उनको भबिष्य उज्जल हुनेछ !! उनको त्यो पदने इक्ष्य लाइ हाम्रो सानो सहयोगले टेवा पुग्छ भने हामी किन नगर्ने ! तसर्थ आफ्नो सोइछ्याले आशा सोनीलाई उज्जल भविष्यको लागि सहयोग गरौँ !!
यहाँहरुले यसको लागि एडभान्स मनिट्रान्सफर (तेल-अभिव) मा सम्पर्क गरि आफ्नो सोयिछिक सहयोग रकम तिपाउन सक्नु हुनेछ र यस अभियानमा संलग्न सम्बन्धित व्यक्ति सँग पनि सम्पर्क गर्न सक्नु हुने छ.....
कृष्ण ज्ञवाली - सम्पर्क :- ०५४-७८४९१४६
यासिन राइ - सम्पर्क :- ०५४-३५५८८२४
जगन कार्की - सम्पर्क :- ०५४-९८२५३११
सन्तोस सिवाकोटी सम्पर्क :- ०५४-२८६७८५३
www.naridarpan.com
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै