१३ वर्षीया बालिकालाई बलात्कार गर्न खोज्ने पक्राउ

काठमाण्डौ , अस्विन २१,

सिन्धुपाल्चोकको सानुसिरुवारी गाविस–५ निवासी एक बालिकालाई बलात्कार प्रयासको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ ।

सोही गाविसस्थित झ्याँडीखोला हाइड्रोपावरमा काम गर्ने बागलुङ जिल्ला बुर्तिबाङ निवासी ३२ वर्षीय ससबहादुर भुजेलले १३ वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जानकारी दिएको छ ।

 घरदेखि करिब चार किलो मिटर टाढा पर्ने स्थानीय सिद्धी गणेश उच्च माविमा कक्षा ७ मा अध्ययनरत ती बालिका घरबाट विद्यालय आउने क्रममा जङ्गलको बाटोमा बलात्कार प्रयास गरिएको बताइएको छ ।

घटना करिब १० दिन पहिले घटेको भए पनि गुपचुप अवस्थामा रहेको र भर्खरमात्र सार्वजनिक हुन आएपछि आरोपीलाई नियन्त्रणमा लिई मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक सुजन राजभण्डारीले बताउनुभयो । नागरिक

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com