चितवन, असोज २२,
चाँदनी हमाल :- उनलाई बन्दुक खेलाउने रहर थिएन। एउटै चाहना थियो- महिला मुक्ति। यही चाहनाले उनलाई बन्दुक समाउन लगायो र लडाकु बनायो। महिलामाथिका अन्याय-अत्याचार देख्न नसकेर पाँचथरकी ३० वर्षीया मनकुमारी राई जनयुद्ध उत्कर्षमा पुगेका बेला २०५८ सालमा जनमुक्ति सेनामा भर्ती भइन्, स्कुलमा सँगै पढ्ने साथीहरुसँगै।
'कोही रहरले त कोही बन्दुक समाउने मोहले जनमुक्ति सेनामा छिरे,' शक्तिखोर शिविरबाट नेपाली सेनामा समायोजन हुन अधिकृत छानिएकी मनकुमारीले विगत सम्झिइन्, 'महिलालाई अन्यायबाट मुक्त गर्ने एउटै उद्देश्यले बन्दुक बोकेको थिएँ।
उनका हात युद्धकालभरि कहिल्यै थाकेनन्। युद्धविरामपछि पनि उनमा महिला मुक्तिको चाहना सेलाएन। समायोजन रोजेर बसेकी मनकुमारी अधिकृतका लागि छानिएकी छन्।
आइतबार तलब बुझेर घरबिदामा जान लाग्दा उनी निकै हर्षित थिइन्।
'पहिले पनि संागठनिक रुपमा महिला हितका लागि लडेँ,' भनिन्, 'आउँदा दिनमा पनि सेनामा रहेर महिलाको प्रतिष्ठा बढाउँछु।'
जनयुद्धमा छिरेलगत्तै युद्धमा होमिएकी उनीसँग दर्जनौँ युद्धका अनुभव छन्। युद्धमा हिँड्दाहिँड्दै सहकर्मी ओमबहादुर घलानसँग २०६० सालमा पूर्वको डिलखर्क भन्ने ठाउँमा जनवादी बिहे गरिन् उनले। पति घलान युद्धमा घाइते भएकाले सेनामा जान पाएनन्।
सेनामा गएर पतिको सपना पूरा गर्ने अठोट लिएकी मनकुमारी भन्छिन्, 'छोराछोरी त छैनन्, अब श्रीमानको भरणपोषण र देशको सेवा मेरो जिम्मेवारी हो।'
महिलालाई सबै क्षेत्रमा पछि पारिएक्ो अनुभव छ उनको। 'समायोजनमै पनि महिलालाई पुरुषभन्दा कुनै छुट दिइएन,' उनले दुखेसो गरिन्, 'थुप्रै वर्ष युद्ध लडेका योग्य महिला साथीहरुले बाहिरिनुपर्योर।'
महिलाका लागि नेपाली सेना थोरै परिवर्तन हुनुपर्ने उनको भनाइ छ। उनीसँगै अधिकृतमा लडेका पाँच महिला लडाकुमध्ये चारमात्र छनोटमा परेका छन्।
पहिलो डिभिजन इलामकी शशिकला भट्टराई, दोस्रो डिभिजन सिन्धुलीकी बिमला पन्त र दोस्रोकै मीना बस्नेत अधिकृतमा समायोजनका लागि छानिएका हुन्।
अन्य (तल्ला) दर्जाका लागि भएका छनोटमा सबै शिविरबाट २४ महिला सेनामा समायोजनका लागि छानिएका छन् जसमा शक्तिखोरबाट पाँचजना छन्।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै