ओखलढुंगा, आश्विन २६,
शम्भुराज राइ :- पुनरावेदन अदालत जनकपुरका बहालवाला न्यायाधीश विनोद शर्माका बुबाको हत्या भएको छ ।
८७ वर्षीय बुवा अम्बिकाप्रसाद घिमिरलाई यहाँको पोकली-२ लेतीमा बिहीबार राति अज्ञात समूहले हत्या गरेका छन् ।
घरमा सुतेको अवस्थामा राति १२ बजे धारिलो हतियार प्रहार गरी उनको हत्या गरिएको जिल्ला प्रहरीका प्रहरी नायव उपरीक्षक सुदमकुमार सिजापतिले बताए । घटनास्थलमा राति नै प्रहरी टोली पुगिसकेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
परिवारको सदस्य घरमा कोही नभएका उनी एक्लै सुतेको मौकामा हत्या गरिएको स्थानीयको भनाई छ । थप अनुसन्धानको लागि रामेछापस्थित धोबी प्रहरी चौकीका निरीक्षक र यहाँको खिजीफलांटे इप्रकाका प्रहरी निरीक्षक नेत्रप्रसाद बरुवालको टोली त्यसतर्फ लागिसके जिल्ला प्रहरीले जानकारी दिएको छ ।इकातिपुर
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै