नेपालले-जापानलाई चार लाख अमेरिकी डलर बराबरको क्यान्सर जाँच गर्ने यन्त्र अनुदान

काठमाडौं, असोज २१,

गत वर्ष सुनामीसँगै आएको भुइँचालोका कारण उत्तरपूर्वी जापानस्थित आणविक केन्द्र चुहिएर प्रभावित भएकाहरूको सहयोगार्थ नेपालले अत्याधुनिक यन्त्र प्रदान गरेको छ।

सुनामी प्रभावित क्षेत्रमा अवस्थित इबाराकी बाल अस्पताललाई चार लाख अमेरिकी डलर बराबरको क्यान्सर जाँच गर्ने यन्त्र शनिबार उक्त अस्पताललाई हस्तान्तरण गरिएको हो।

 रोटरी क्लब अफ काठमाडौँको अगुवाइमा रोटरी इन्टरनेसनललगायत विभिन्न सामाजिक सङ्घसंस्थाको सहयोगमा खरिद गरिएको उक्त मेसिन क्लबका अध्यक्ष गजेन्द्रबहादुर श्रेष्ठले हस्तान्तरण गरे।

उक्त क्लबका अनुसार क्यान्सर खुट्ट्याउने/देखाउने यन्त्र हस्तान्तरण समारोहमा जापानका लागि नेपाली राजदूत मदनकुमार भट्टराई तथा श्रेष्ठ नेतृत्वको तीन सदस्यीय रोटरी टोलीको सहभागिता थियो। गैरसरकारीस्तरमा नेपालबाट जापानलाई यसरी सहायता गरिएको सम्भवतः यो पहिलो घटना हो। रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com