इजरायलमा कार्यरत नेपालीहरु र आयोजकहरुसग बिपिनले गरेको कुराकानी - watch video

इजरायल,असोज २१ । इजरायलमा कार्यरत नेपालीहरु र आयोजक हरुसग ओएस नेपालका बिपिन तामाङले गरेको कुराकानी : के भन्छन त इजरायलमा कार्यरत नेपालीहरु ? के भन्छन त आयोजकहरु ? नेपाल आदिबासी जनजाति महासंघ, इजरायल शाखाले गरेको कार्यक्रम सबै नेपालीहरुले समाबेस हुने प्रतिक्रिया दिएका छन् ।

 ..........भिडियो हेर्नुहोस..........



यसपालीको दशैँमा इजराएलमा 'नमस्ते इजरायल सांझ - 2012' हुने भएको छ । नेपाल आदिबासी जनजाति महासंघ, इजरायल शाखाले नेपालका चर्चित कलाकारहरुको साथमा सो कार्यक्रम आयोजना गर्न लागेको हो । मनोरञ्जनको साथमा आफ्नो मातृभूमिमा रहेको सामाजिक संस्थाहरुलाई आर्थिक टेवा दिने उद्देश्यले कार्यक्रम आयोजना गरेको आयोजकले जनाएको छ । दोलखा जिल्ला भिमेश्वर नगरपालिका -१२ मा रहेको गौरीशंकर बालगृहको सहयोगार्थ आगामी अक्टोबर १९ मा कार्यक्रम आयोजना हुनेछ ।

प्रसिद्द गायक दिपक लिम्बु, ख्यातिप्रापथ हाँस्य कलाकार विल्सन विक्रम राई(तक्मे बुढा) र नेपालकै प्रथम डिजे डिजे तेंजिङ् लगाएतका कलाकारहरु सो कार्यक्रममा सहभागि हुन इजराएल आउनेछन् । तेलअविवस्थित हहगना वेतबारबार हलमा सो कार्यक्रम हुनेछ । साथै, आयोजकले लेवन्सकी पार्कबाट कार्यक्रम स्थलसम्म निशुल्क यातायातको व्यवस्था गरिएको पनि आयोजकले जनाएको छ ।

आयोजकले कार्यक्रम सफल पार्नको लागि कार्यक्रम अघि अक्टोबर महिनामा कुनै पनि , भ्रमण तथा घुमघाम लगायतका कार्यक्रमहरु आयोजना नगर्न इजराएलमा रहेका सम्पूर्ण संघ-संस्थालाई आग्रह गरेको छ । सो कार्यक्रमको टिकट दर १०० NIS मात्र तोकिएको छ ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com