कार्तिक ७,
गोर्खाको बुंकोट गाविस वडा न ९ मैलुङमा हिजो साँझ छुरा प्रहार गरी एकजनाको हत्या भएको छ । पिङ हाल्ने विषयमा विवाद हुँदा बुङ्कोट मैलुङका सिताराम बयलकोटीको हत्या भएको हो ।
छुरा प्रहारपछि गम्भीर घाइते भएका बयलकोटीलाई जिल्ला अस्पताल गोरखा ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको थियो ।
मैलुङ्गकै कृष्ण उपरकोटीले छुरा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका ईन्सपेक्टर सुनिलजंग शाहले जानकारी दिनुभयो । घटनामा भोटे बयलकोटी घाइते भएका छन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै