वडा दशैंको दोस्रो दिन आज पनि टिका लगाउनेको चहल-पहल

काठमाडौ, कार्तिक ९ ,

बडादसैँअन्तर्गत आज एकादशीको दिन राजधानीमा आफ्ना मान्यजन र आफन्तबाट टीका लगाउन र आशीर्वाद लिन हिँडिरहेका सर्वसाधारणको चहलपहल केही बढेको छ । सवारीसाधन पनि अन्य दिनको तुलनामा बढी चलेको देखिन्छ । 

कोजाग्रत पूर्णिमाको दिनसम्म टीका लगाउने प्रचलन रहेको छ । लामो समयसम्म भेटघाट नभएका आफन्तसम्म भेटघाटको ठूलो अवसर दसैँ भएको छ । यस पर्वले आपसी सद्भाव, विश्वास र भाइचारा अझ बढाउने गरेको छ । 

पहिले पहिले सरकारी बिदा नहुने गरेपनि पूर्णिमासम्म नै यस वर्ष इद र शनिबारको बिदा पनि परेकाले राजधानीबाट टीका लगाउन बाहिरिएकाहरूले फर्कन हतार गर्नुपर्ने अवस्था छैन । 

 निधारमा रातो टीका र जमरा लगाएका धेरैजसो यात्रु हिँडेर नै आफ्नो गन्तव्यतर्फ गइरहेका देखिन्छन् । राजधानी अहिले प्रदूषणमुक्त रहेको, धुवाँ र धुलोबाट सास्ती भोग्नु नपरेकाले पनि हिँड्न रमाइलो भएको बटुवाको भनाइ छ । 

सार्वजनिक भाडाका सवारीसाधन कम चलेकाले ट्याक्सीले मनपरी भाडा असुल्ने गरेको गुनासो यात्रुको रहेको छ । नयाँं बानेश्वरबाट सामाखुसीसम्म जाँदा ट्याक्सीले रु पाँच सय पचाससम्म लिएको एक यात्रुले बताए । रासस

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com