आईसीयुको अभावमा नवजात शिशुको मृत्यु

कपिलवस्तु, अस्विन २८,

सुमन सुस्केरा :- आइसीयुको अभाव तथा डाक्टरले समयमै निर्णय दिन नसक्दा कपिलवस्तुको तौलिहवा अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ ।

प्रसुति गृहमा अप्रेशन गरी गत असोज २६ गते जन्माईएको शिशुको मृत्यु भएको हो । गौरी गाविस ५ गणेशपुरकी २५ वर्षिया मिरा कोहारको अप्रेशन गरी ३ किलोग्रामको बच्चा जन्माइएको थियो ।

गत असोज २४ गते सुत्केरी ब्यथा लागेर ल्याईएको उनलाई चिकित्सकको सल्लाह अनुसार नै अप्रेशन गरिएको परिवारले बताए । आइसियुको अभाव भएपछि आफूहरुले अन्यत्र लैजान लागे पनि डाक्टरहरुले यहीं उपचार हुने भन्दै राख्न लगाएको मिराका जेठाजु लक्ष्मणले बताउनुभयो ।

डाक्टर पोमावती थापा र सबित सुनुवारले २५ गते दिउँसो अप्रेशन गरी बच्चा निकालेका थिए । अप्रेशनपछि नवजात शिशुको श्वासप्रश्वासमा समस्या देखिएको र मृत्यु भएको हो ।

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com