सतुगंलस्थित भिषण लागेको आगो निभाउन २-सय सुरक्षाकर्मी ८-दमकल

काठमाडौ, असोज २८ ,

उपेन्द्र लामिछाने :- काठमाडौको सतुगंलस्थित चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्स कारखानामा आइतबार साँझ भिषण आगलागी भएको छ। पौने ६ बाट सुरु भएका आगो राजधानीमा उपलव्ध सम्पूर्ण श्रोत लगाउँदा पनि राति अबेरसम्म नियन्त्रणमा आएको छैन। 

राति ११ बजेतिर आगोको मुस्लो नियन्त्रणमा आए पनि भित्री रुपमा सल्केको आगो भने नियन्त्रणमा आउन सकेको छैन। काठमाडौका प्रहरी प्रमुख जयबहादुर चन्दले आगलागी नियन्त्रणका लागी आवश्यक सबै श्रोत लगाइएको जानकारी दिए। आगो १०-११ बजेको हाराहारीमा नियन्त्रणमा आउन सक्ने उनले अनुमान गरे । ‘यत्तिकै टाइम भनेर तोक्न सक्दिनँ,' बेलुका पौनै ९ बजे उनले भने, ‘अबको एक-डेढ घण्टामा आगो नियन्त्रणमा आउन सक्छ ।' 

नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनागरी २ सय भन्दा बढी सुरक्षाकर्मी जुटेका छन्। सशस्त्र प्रहरीको अग्नि नियन्त्रण टोली विशेष रुपमा सक्रिय छ। उपत्यकाका ६ दमकल र त्रिभुवन विमानस्थलका अत्याधुनिक दुई दमकल गरी ८ दमकल आगो नियन्त्रणमा लागेका छन् । अन्य दमकल आगो नियन्त्रणमा प्रभावकारी देखिन नसकेको समयमा बेलुका ८ बजेतिर एयरपोर्टबाट आएका दुई दमकलले केही नियन्त्रणमा ल्याउन प्रयास गरे । 

 आगलागी कसरी भयो भन्नेबारे प्रहरीले केही बताएको छैन। ‘हामी अहिले आगो नियन्त्रणमा जुटेका छौ,‘ एसएसपी चन्दले भने, ‘आगो नियन्त्रणपछि अनुसन्धानको पार्ट सुरु हुने छ ।' कम्पनीले राति अबेरसम्म आफ्नो क्षतिको बारेमा बताएको छैन। कारखानामा रहेका एलजी व्राण्डकाका टिभि, रेफ्रिजेटर, मोवाइल, माइक्रोओभन लगायतका इलोक्ट्रोनिक्स सामानमध्ये अधिकांस जलेर नष्ट भएका छन्। चाडपर्व नजिँकिदै गर्दा यी सामाग्री अन्य समयको तुलनामा त्यहाँ धेरै रहेको थियो। 

सुरक्षाकर्मीले आगोबाट जोगिएका सामाग्रीलाई सुरक्षित स्थानमा ल्याएको छ। बचेका सामाग्री चोर्न आएका ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। आगलागी कसरी भयो भन्नेमा यकिन कारण बाहिर आएको छैन। श्रोतका अनुसार कारखानामा आज वेल्डिङको काम पनि चलेकाले त्यसबाट सल्केको हुन सक्ने अनुमान छ। यद्यपि यस बारे कम्पनीले आधिकारिक रुपमा केही भनेको छैन। विद्युतिय सामाग्री भएका कारण आगलागी नियन्त्रण गर्न गाह्रो भइरहेको छ। नागरिक .

Naridarpan.com

कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - naridarpan81@gmail.com