रुपाकोट, अस्विन २८,
खोटाङका महिला नेतृहरुले महिलामैत्री सेवा प्रदान गर्न जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।
नागरिकता, राहदानीलगायतका सेवा लिन आएका महिलालाई सरल र सहज तरिकाले सेवा प्रदान गर्न माग गर्दै जिल्लाका महिला नेतृहरुको टोलीले महिलामैत्री सेवा प्रदान गर्न प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।
सानातिना सेवा लिन पनि जिल्लाका महिलाहरुले दुःख पाएको भन्दै पुर्वसभाषद उषाकला राईको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालको ध्यानाकर्षण गराएका हुन् ।
यस्तै, टोलीले महिलाका लागि छुट्टिने बजेटलाई महिलाकै हितमा प्रयोग गर्न जिल्ला विकास समितिलाई पनि आग्रह गरेका छन् ।
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै