काठमाडौँ, असोज २८,
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राष्ट्रिय महिला तथा पुरुष फुटबल टिमका खेलाडी र प्रशिक्षकलाई आज सम्मानित गरेको छ।
सातदोबाटोस्थित सङ्घको कार्यालयमा आयोजित एक कार्यक्रममा पुरुषतर्फका राष्ट्रिय फुटबल खेलाडी विकास मल्ल, रितेश थापा, किरण चेम्जोङ, सागर थापा, सन्दिप राई, रोहित चन्द र विराज महर्जनलाई सम्मान गरियो।
सम्मानित हुने अन्य खेलाडीहरूमा सरविन श्रेष्ठ, विकास सिंह क्षेत्री, दीपक भुसाल, निराजन खड्का, भोलानाथ सिलवाल, जगजित श्रेष्ठ, राजु तामाङ, विजय गुरुङ, जुमानु राई, अनिल गुरुङ, भरत खवास, सन्तोष साहुखल र सुजल श्रेष्ठ रहेका छन्।
यस्तै प्रशिक्षकहरू उपेन्द्रमान सिंह र मेघराज केसीलाई पनि सम्मान गरिएको थियो।
सम्मानस्वरूप खेलाडी र प्रशिक्षकलाई जनही रु एक/एक लाख प्रदान गरियो।
साफ च्यम्पियनसीप लगायतका प्रतियोगितामा राम्रो खेल खेलेबापत सो सम्मान गरिएको हो।
यसैगरी राष्ट्रिय महिला फुटबल टिमतर्फ नमिताकुमारी दली, भगवती थापा, उषा भण्डारी, धीमकुमारी गुरुङ, निशा बोहरा, तुलसा सिंह, जमुना गुरुङ, दीपा अधिकारी, चन्द्रा भण्डारी र अनु लामालाई सम्मान गरिएको छ।
यस्तै सम्मानित हुने अन्य खेलाडीमा प्रमिला राई, निरु थापा, यशोधा लामा, लक्ष्मीकुमारी पौडेल, सजना राना, कृष्णा खत्री, लीला लाम्गाडे, चन्द्रादेवी दाहाल, अञ्चली वाइवा र रीना गुभाजु छन् भने प्रशिक्षकमा किशोर केसी र कुमार कटवाल छन्।
उनीहरूलाई पुरस्कारस्वरूप जनही ५०/५० हजार रुपियाँ प्रदान गरियो।
श्रीलङ्कामा सम्पन्न दोस्रो महिला साफ च्याम्पियनसीपमा उपविजेताको उपाधि हासिल गरेबापत सम्मान गरिएको हो।
सम्मानित हुने खेलाडी एवम् प्रशिक्षकलाई एन्फाका अध्यक्ष गणेश थापाले पुरस्कार वितरण गरे। रासस
- प्रवास खबर
- नारी आवाज
नारीदर्पणमा:-जोर्डनमा-वलात्कृत-धनमायाँ-न्याय-माग्दै